खानीखोला,काभ्रे । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले पीडित बनेका काभ्रेको खानीखोला गाउँपालिकाका घर परिवारलाई राहत उपलब्ध गराएका छन् ।

रोटरी क्लब बानेश्वर, भिसिएन (VCN) नेपाल सुविधानगर, खानीखोला गाउँपालिका-४ का टेन स्टार ग्रुप र मिक्साङ्ग निर्माण सेवाको राहत सामग्री र काभ्रे जिल्ला बिपत् ब्यबस्थापन समितिको हेलिकप्टर सहयोगमा नेपाली सेनाको हेलिकप्टरमार्फत खानीखोला गाउँपालिकामा पुर्‍याएका थिए । समाजसेवी तथा युवा नेता अविरल जिम्बा, खानीखोला- ४, का वडा अध्यक्ष निशान मोक्तानको विषेश पहलमा र विभिन्न संघ संस्थाको सहयोग तथा खानीखोला गाउँपालिकाको समन्वयमा उक्त राहत उपलब्ध भएको हो ।

साथै माननिय सुर्यमान दोङ(लालध्वज), गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ), नेकपा (माओवादी केन्द्र)का काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ(अनुशील), नेतृ मिना पाख्रिन, युवा नेता तथा समाजसेवी राजन अधिकारी, मनिता लामा, विरेन लामा, चर्चित लामा र बिजय जिम्बा लगायतले राहत पठाउन सहयोग गरेका थिए ।

गाउँपालिका पीडितहरुको लागि चामल,चिउरा, दाल, नुन, तेल,सिरक, बिस्कुट, चाउचाउ, उपलब्ध भएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले जानकारी दिए ।

खानीखोला गाउँपालिकामा बाढी पहिरोका कारण एक जनाको ज्यान गएको छ । देविमाया सिंतानको खोलाले बगाएर निधन भएको छ । खानिखोला गाउँपालिका ६ चरौटेबाट बागमती खोलाले उनलाई बगाएको थियो ।

खानीखोला वडा नम्वर ५, ६ र ७ मा धेरै नागरिकहरुको घर भत्किएको छ । महाँकाल फाँटमा रहेको सयौ रोपनी खेतहरु पुरिएका छन् । चनौटेको झोलुङ्गे पुलमा क्षति भएको छ । सिक्रे दोभानमा सडक क्षति भएको छ भने पुरै बस्ति पुरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय