काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चाले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन्।

मोर्चाको केन्द्रिय कार्यालयमा शनिबार एक कार्यक्रमका विच तामाङलाई तामाङ टोपी र सम्मान पत्रले सम्मान गरेका हुन्। तामाङले १२ गते शनिबार ललितपुर महानगरपालिका– २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए।

टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए। खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए।

‘साहसी युवा’ तथा योद्धा तामाङलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्रि तथा मोर्चाको इन्चार्ज हित बहादुर तामाङले तामाङहरुलाई इतिहास देखि राज्यले उत्पिडनमा राखेको भए पनि तामाङहरु समुदायिक हिसाबले नै दया माया र सदभावको साथ आफ्नो समुदायलाई डोर्याउदै आएको एक मानबिय चेतना युक्त समुदाय हो भन्दै जस्को पछिल्लो उदाहरण चनिकलाल तामाङलाई लिन सकिने बताए । अध्यक्ष डिल्लिमान दोङले चनिकलाल अझै पनि बिरतापुर्ण कार्यहरु गर्दै मानविय जगतमा र सिंगो तामाङ समुदायको नाम उच्च राख्न सफल होस भन्ने शूभकामना दिएका थिए ।

काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुन्। उनका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गरेका थिए।

सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताए। आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताए।

मोर्चाका केन्द्रिय अध्यक्ष डिल्लिमान दोङको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्रि तथा मोर्चाको इन्चार्ज हित बहादुर तामाङ, मोर्चाको उपाध्यक्ष हिमाली गोले, उपाध्यक्ष अबिरल जिम्बा, उप–महासचिब कुबेर दोङ, सचिब रक्षेकुमार तामाङ, कोषध्यक्ष उषा तामाङ , केन्द्रिय सदस्यहरु फुर्साङ मोक्तन, मान्ध्वज दोङ, बाल बहादुर घिसिङ, प्रबल कुमार बल, बाबुराम तामाङ, अखिल क्रान्तिकारी काभ्रेको नेतृत्व युवराज तामाङ लगायतकाे उपस्थिति रहेको थियो । मोर्चाको केन्द्रिय सचिब राम माया तामाङले कार्यक्रमले सञ्चालन गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय