काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको पनौती नगरपालिकाका बाढी पहिरो पीडितहरुलाई राहत सामग्री वितरण गरिएको छ । शनिबार नगरपालिकाको वडा २ र ३ का करिब १०० घर परिवारहरुलाई राहत वितरण गरेको हो ।

पीडितहरुको लागि कपडा,खाद्यान्न लगायत राहत सामाग्री माननीय उर्मिला माझी, माननीय रुपा चौधरी, नेपाल पत्रकार महा सघंका केद्रिय महासचिव सन्तोष पौडेल र वाइसीएल नेपालका केन्द्रीय सदस्य वर्षा राना मगरले, विशेषगरी खाद्यान्न सामाग्री सुमो कन्ट्रक्सन दुगड ग्रुपका प्रविण बोत्रा,रितिका दुगड र पूर्णमान नापित लगायतले उपलब्ध गराएका थिए ।

राहत वितरण कार्यक्रममा बोल्दै माननिय माझीले प्राकृतिक विपत्तिमा सँगै खटिनुपर्ने महत्त्वपूर्ण र एकताको कुरा गर्दै, बाढी र पहिरोले प्रभावित परिवारहरूको पुनःस्थापना गर्न सबैको समन्वय आवश्यक रहेको बताइन् ।

लगातारको वर्षापछि आएको बाढीपहिरोबाट पनौती नगरपालिकामा २० जनाको मृत्यु भएको उल्लेख छ । बाढीपहिरोले गर्दा ५ सय घर पूर्ण क्षतिग्रस्त भएका र ७१३ घरमा आशिंक क्षति पुग्नुका साथै २ हजार पुशचौपाया परेका उल्लेख छ ।

नेकपा (माओवादी केन्द्र) काभ्रे सचिव दैवलाल घिसिङ (अनुशील) को समन्वयमा र इन्द्र कुमार श्रेष्ठको सहजीकरणमा उक्त राहत वितरण गरेको हो । सुन्तली थिङ (मनिता), सिर्जन थिङ, होम बहादुर खुलाल, हस्त बहादुर लामा, माधव हुमागाई र लनम सिं तामाङ लगायतले राहत वितरणमा सक्रिय भूमिका निभाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय