काभ्रेपलाञ्चोक । काभ्रेको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) ले गाउँपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणाकाे माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार अध्यक्ष थिङले जिल्ला प्रशासन कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोक मार्फत गृह मन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो ।

मिति २०८१ साल असोज १८ गते बसेको नेपाल सरकार, मन्त्रिपरिषदको बैठकले देशका विभिन्न १४ जिल्लाका ४१ वटा स्थानीय तहहरूलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको खबरहरू सरकारका प्रवक्तालाई उद्दÞत गर्दै सार्वजनिक भएका छन । विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहहरूमा काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकाको नाम नरहेको सूचना बाहिर आएको छ, यो अस्वभाविक देखिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

असोज १० गतेदेखि १२ गते सम्म लगातार परेको भिषण वर्षाको कारण हालसम्मको प्रारम्भिक विवरण अनुसार बागमती नदिले बगाएर र पहिरोले पुरिएर २ जनाको मृत्यु हुनुका साथै ३८ घर पूर्ण क्षति, ५० घर आंशिक क्षति, सिंचाई २४ वटा खानेपानी ३० वटा, खेत ३००० रोपनी बारी १००० रोपनी, लघु जलविद्युत ७ वटा पूर्ण क्षति, गोठ ४० वटा, सिक्रेदोभान पुलमा २ वटा स्काभेटर क्षति, झोलुङ्गे पुल २ वटा विनाश भएका छन् । गाउँपालिकाको केन्द्र र वडा केन्द्र जोड़ने एवं प्रदेश तथा जिल्ला सदरमुकाम जोड्ने सबै सडकहरू गरेर करिव ३०० कि.मी. सड़क पूर्ण रूपले क्षति भई आवत जावत पूर्ण रूपमा बन्द भएको छ । बागमती नदी तथा पहिरोको कारण ५० भन्दा वढि विद्युतको पोलहरू ५००० मिटर तार सहित बगाउनुका साथै क्षतविक्षेत अवस्थामा रहेकोले विद्युत आपूर्ति पूर्ण रूपले बन्द छ साथै वडा नं. ६ स्थित थुम्किमा रहेको एकमात्र नेपाल टेलिकमको टावर सम्म नेटवर्क सप्लाई अवरुद्ध भएर यस गाउँपालिका संचार विहीन अवस्थामा रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

नेपाल सरकारले यस्तो अवस्था रहेको यस गाउँपालिकाको सन्दर्भमा गरिएको विपद संकटग्रस्त क्षेत्र घोषणा अपूर्ण रहेको देखिन्छ । भौगोलिक दृष्टिकोणको हिसाबले काभ्रे जिल्लाकै विकटको रूपमा रहेको यस गाउँपालिका यस विपदको क्रममा कति संकट झेल्नु परेको छ, भन्ने कुराको यथार्थता शब्दमा बयान गर्न सकिने अवस्थामा छैन । विपदको भुमरिमा सदैव हरेक सालबसाली रूपमा झेल्नु परेको छ । खानीखोला गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिका रूपमा यि विषयका कुराहरू संघीय संसद र प्रदेश सभामा पनि पटक पटक उठाइरहेको स्मरण गराउँदै क्षति पुगेका स्थानीय तहहरूको यकिन तथ्याङ्गका आधारमा विपद संकटग्रस्त क्षेत्र घोषणाको कार्यलाई पुनरावलोकन गरी सूचिमा यस खानीखोला गाउँपालिकालाई थप गर्न श्री जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक मार्फत श्री माननीय गृह मन्त्रीज्यू समक्ष गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेकोमा जसमा काभ्रेपलाञ्चोकको १३ मध्ये ८ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिका रहेका छन् । तर खानीखोला गाउँपालिका नेपाल सरकारको विपद् सङ्कटग्रस्त क्षेत्रको सुचिमा छैन ।

ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय, काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले प्राप्त पत्र सहित गृह मन्त्रालयमा पुनः विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न अनुरोध गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय