महाभारत,काभ्रे । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध रहेको काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिकाको नेपाल टेलीकमको टावर संचालनमा आएको छ।
महाभात गाउँपालिका वडा नं. ३ घिसिङडाँडा र वडा नं. ६ बनखुमा रहेको नेपाल टेलीकमको टावरमा बाढीपहिरोका कारण केन्द्रिय विद्युत आपुर्ती नहुँदा फोन सेवामा खरावी आएको थियो ।
निरन्तरको प्रयास पछि नेपाल टेलिकमसंग समन्वय गरि घिसिङडाँडाको एनटिसि टावर सोलारबाट र बनखुको टावर स्थानीय लघुजलविद्युतको लाईन जडान पछि पुनः संचालनमा आएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) ले जानकारी दिनुभयो ।
टावर संचालन पछि गाउँपालिकाको वडा नं. ३,४,६,७ र ८ मा साविक अनुसार मोबाइल संचालन हुनुको साथै फोर जि समेत संचालनमा आएसँगै सेवाग्राहीलाई सहज भएको छ।
नेपाल टेलीकमको टावर संचालनमा आए पछि अध्यक्ष जिम्बाले नेपाल टेलिकमका कर्मचारीहरू, जनप्रतिनिधिहरु र सहयोगी सबैमा धन्यवाद व्यक्त गरेका छन् । साथै अध्यक्ष जिम्बाले तपाइँको घर छिमेकीमा विपद्ले के कति क्षति भएको छ सम्बन्धित वडामा खवर गरी टिपेर सहयोग गर्न सबैमा अनुरोध समेत गरेको छन् ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, उपाध्यक्ष र वडा नं. ३, ४ र ६ को वडा अध्यक्षहरुको निरन्तर प्रयास पछि नेपाल टेलिकमसंग समन्वय गरि टेलिकमका कर्मचारीहरू र जनप्रतिनिधिहरु सडक नभए पछि पदैल यात्रा गरेर निर्माण स्थलमा पुगेका थिए ।