काठमाडौँ । आजदेखि सञ्चालनमा आउने भनिएको बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ।

बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका ११ पिप्लेमा सुख्खा पहिरो खस्दा फेरि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

सडकमा सवारी साधन गुडिरहेको अवस्थामा एक्कसी माथिबाट आएको सुख्खा पहिरोले दुईवटा सवारी साधनलाईमसेत पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी बसुन्धरा खड्काले जानकारी दिइन्।

सिन्धुलीटबाट काठमाडौँ तर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको छ भने खोटाङबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना १ ज. ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ।

‘घटनामा मानवीय क्षति भने भएको छैन,’ खड्काले भनिन्, ‘दुबै गाडी खाली थिए। पहिरो खसेको देख्नेबित्तिकै गाडीका चालक र सहचालक पनि गाडीबाट निस्केर भागेकाले मानवीय क्षति हुन पाएन।’

बिहीबार बिहान करिब तीन बजे पहिरो खसेको हो। पहिरोले बसलाई सडकबाट झण्डै २० मिटर तल खसालेको छ। त्यसैगरी पहिरोले पुरेको सुमोको भने पछाडिको भाग मात्रै देखिएको छ। ‘बीपी राजमार्ग अन्तर्गतकै नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गाउँपालिका ११ पिप्लेस्थित बीपी राजमार्गमा पुनः सुख्खा पहिरो झरिरहेकोले तत्कालको लागि दुईतर्फी नै सडक अवरुद्ध रहेकाले यात्रा नगर्न अनुरोध छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेले केही बेरअघि जारी गरेको सूचनामा भनिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय