काभ्रे । काभ्रे र मकवनपुर जोड्ने सिक्रेदोभानस्थित् बागमती खोलाको पक्की पुल शिलान्यास गरेर करिब ५ वर्ष वित्दा समेत नबनेपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्थलगत निरीक्षण गरेका छन् । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’ र मकवनपुरको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान ‘मधु’को संयुक्त आग्रह मुख्यमन्त्री पाण्डेले पुलको निरिक्षणसँगै चासो देखाएका हुन् ।
गत फागुन २ गते महाभारतका अध्यक्ष जिम्बा र बागमतीका अध्यक्ष घलानले पक्की पुल निमार्णमा ढिलाइ भएको भन्दै यथसम्भव छिट्टो निर्माण कार्य सम्पन्न गराउन एक बुँद्धे निर्णयसहित संयुक्त रुपमा पहल गरेका थिए । सोही अनुरुप नै मुख्यमन्त्रीले पुलको स्थलगत निरिक्षण गरेको हो ।
मुख्यमन्त्री पाण्डेले काभ्रे, सिन्धुली र मकवनपुर नागरिक प्रदेशको राजधानी आउन सहज हुने भन्दै छिट्टोभन्दा छिट्टो पुलको काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । उनले पुल निर्माण कार्य अब पनि ढिलाई गरे कम्पनीलाई कालो सुचीमा राखेर कारबही गर्ने चेतवानी समेत दिए ।
मुख्यमन्त्री पाण्डेले चैतको पहिलो साता दुई गाउँपालिका अध्यक्ष, राजनितिक दल, सम्बन्धित निकाय र निर्माण कम्पनीबिच थप छलफल गरी आवश्यक कदम चल्ने प्रतिबाद्धता व्यक्त गरे । मुख्यमन्त्रीको निर्देशनसँगै महाविर÷शिखर÷तामाकोशी जेभीले निर्माणको कामलाई तीव्रता दिइने भएको छ ।
बागमती प्रेदशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले पुल निमार्णको कामले सोचो जस्तो गति लिन नक्सदा डाँडापारिका जनताले समस्या झेल्नु परेको र पुल निर्माण छिट्टो सम्पन्न गर्न आफ्नो तर्फबाट पनि निरन्तर लगिरहने बताए ।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सचिव इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले सामरिक महत्व रहेको पक्की पुल डाँडापारिबासीको लाईभलाइन हेटौँडासँग प्रत्यक्ष जोड्ने भएकाले प्रदेश सरकार गम्भीरताका साथ लाग्नु पर्नेमा जोड दिए ।
महाभारतका अध्यक्ष जिम्बाले पुल बनेसँगै विकट डाँडापारि सुगम बन्नुका साथै त्यहाँका धेरैभन्दा धेरै नागरिकले सुविधा पाउने बताए । उनले पुलबाट काभ्रेका महाभारत, खानीखोला र ललितपुरको बामगती गाउँपालिकाबाट काठमाडौँ र हेटौँडा आवतजावत गर्ने सवरीसाधान १२ महिना नै निर्वाद चल्न सक्ने बताए ।
दुई पटक म्याद थप्दा पनि सकिएन, काम सुस्ता
निर्माण कम्पनीका निर्देशक विजय थापाका अनुसार २०७६ भदौं ३० मा निर्माण कार्य सक्ने गर्नेगरी २०७४ असार ३० गते भ्याटबाहेक ११ करोड ६५ लाख रुपैँयामा सम्झौता गरेको थियो ।
तर सम्झौता अवधिमा १ सय १५ मिटर लामो बन्ने पुलको निर्माण सम्पनन नभएपछि पुनः २०७७ फागुन १४ सम्मको लागि म्याद थप गरिएको थियो । उक्त अवधिमा पनि सकिएसँगै कम्पनीले म्याद थप गर्न भौतिक पुर्वाधार विकास मन्त्रालय वागमती प्रदेश अन्तर्गत यातायात पुर्वाधार निर्देशनालयमा फाइन पेश गरिए पनि कुनै निर्णय भएको छैन । यद्यपी सुस्ता गतिमा निर्माण कार्यभने भइरहेको छ ।
तत्कानीन मकवानपुर जिल्ला विकास समितिले पक्की पुल निर्माणका लागि ठेक्का लगाएकोमा राज्यको पुर्नसंरचनासँगै अहिले पुर्वाधार विकास कार्यालय चितवनले हेरिरहेका छन् ।
भौतिक प्रगति १२.३५ प्रतिशत मात्र, ठेकेदार भन्छन्ः भुक्तानी पाएन
आयोजनाको म्याद दुईं पटक म्याद थप भइ करिब डेढ वर्ष वितिसक्दा भौतिक प्रगति १२.३५ प्रतिशत छ । कम्पनीका निर्देशक थापाले काभ्रेको खानीखोला–५ र मकवनपुरको बागमती–५ सिक्रेदोभानस्थित् बामगती खोलामा पक्की पुल निर्माण कार्य १२.३५ प्रतिशत अर्थात् कुल बजेटको तीन करोड ९० लाख बराबरको काम सम्पन्न भएको जानकारी दिए । उनले अरु पुलभन्दा फरक प्रि स्टेज बक्समा बनाउनु पर्ने भएकाले पनि ढिलाई भएको बताए ।
उनका अनुसार पाइल फाउन्डेशन भएर १२ वटा रास ढालनको काम सम्पन्न भइसको छ । त्यस्तै देब्रे साइटको एविट्मेन्टको काम चैतको १५, बिचको पिएल र दाहिनेतर्फको एविटमेन्ट बैशाखसम्ममा गरिसक्ने छन् ।
निर्देशक थापाले पुलसम्म पुग्ने ट्रयाक ओपन लगायतका रकम भुक्तानी नपाएको र जसको कारण पनि पुल निर्माणमा ढिलाई भएको बताए ।
गुगल म्याप हेरेर पुलको नक्सा डिजाइन
इन्जिनियरले गुगल म्याप र त्यस आसपासका मानिसले भनेको आधारमा दुई जिल्लालाई जोड्ने पक्की पुलको नक्साको डिजाइन गरेको बुभिएको छ ।
बागमती गाउँपालिकाका अध्यक्ष घलानले अनुसार इन्जिनियरले पुल बनाउने स्थानमा नपुगी र्भोलेनीसम्म गई त्यस आसपासम बनेको पुलको आधारमा डिजाइन तयार परेको दाबी गरेका छन् ।
त्यस्तै निर्माण कम्पनीका निर्देशक थापाले आफुहरुले स्वाइला परिक्षण गर्दाको वस्तुगत स्थिति र इन्जिनियरको डिजाइन नै नमिलेको जिकिर गरे । उनले इन्जिनियरले गलल डिजाइन गरेको दाबी गर्दै ओपन फाउन्डेशन अनुसार भए यसअघि नै पुल पुरा भइसक्ने बताए ।
‘हामीले परिक्षण गर्दा जमिनमुनि ढुंगा नै ढुंगा देखिएपछि ओपन फाउन्डेशनमा काम गर्न सुझाए पनि मानेनन्,’ उनले भने, ‘खासमा पाइल नभई ओपन फाउन्डेशमा काम गर्नु पर्ने थियो । इन्जिनियरले हचुवामा डिजाइन गरे जस्तो देखिन्छ ।’ यस विषयमा इन्जिनियरसँग बुझ्न खोज्दा फोन सम्पर्क भने हुने सकेन ।
पिन्थली–घर्तिछाप–गोकुले सडकमा ५० करोड
मुख्यमन्त्री पाण्डेले रोशी गाउँपालिकाको पिन्थलीबाट महाभारतको घर्तिछाप–गोकुले हुँदै सोही पुल भई हेटौँडा जोड्ने सडकका लागि प्रदेश सरकारबाट ५० करोड छुट्याउने निर्णय भएको समेत जानकारी दिए ।
यसका लागि महाभारतका अध्यक्ष जिम्बा र सो क्षेत्रका संसद समेत रहेका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले बजेटको लागि प्रस्तावना पेश गरेका थिए ।
पुल निर्माणपछि पिन्थली–बनखु–घर्तिछाप–गोकुले–भोर्लेनी सडकखण्ड, खोपासी–ताल्ढुङंगा, कान्ती लोकपथ हुँदै आउने चापगाउँ–गिम्दी–ताल्ढुंगा सडकखण्ड, सोही लोकपथबाट बेतीनी–भोर्लेनी सडकखण्ड लगायतका सडकहरु बागमती गाउँपालिको केन्द्र जुरजुरेस्थित् धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिने छ ।
स्थानीय सास्ती झेल्दै
डाँडापारि क्षेत्रलाई प्रदेश राजधानी हेटौँडासँग जोड्ने पक्की पुल निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयले आवतजावतमा सास्ती खेप्न बाध्य छन् । खोलाको किनारसम्म दुवै जिल्ला तर्फबाट कच्ची सडक पुगेपनि पुल निर्माण नहुँदा यातायात सञ्चालनमा समस्या भइरहेको छ ।
‘पुल समयमै नबन्दा करिब दुई घण्टाको बाटो घुम्नु पर्ने र वर्षादमा हेटौँडासँगको सडक सञ्जाल विच्छेद हुन्छ,’ स्थानीय बाबु लामाले भने, ‘स्थानीय तथा मोटरसाइकल, बोलेरो लगायतका सवारीसाधन खोलामा जोखिम मोलेर हिड्न बाध्य छन् ।’
पुल बनेमा काभ्रे, मकावनपुर, सिन्धुली र ललितपुरसँगै अन्य जिल्लाका जनता लाभान्वित हुनेछन् ।
तस्वीर: इकमान लामा