
पनौती, काभ्रे । भिसियन नेपालले काभ्रे पनौतीका बाढीपहिरोबाट पीडित ८० परिवारका लागि राहत वितरण गरेको छ ।
एनसियल फाउन्डेसनको आर्थिक सहयोग, भिसियन नेपालको समन्वय र युवा नेता तथा समाजसेवी नेकपा (माओवादी केन्द्र) खानिखोला गाउँपालिका कमिटीका अध्यक्ष अविरल जिम्बाको पहलमा फाईबर सिरक, चामल, दाल, चिनी, तेल, साबुन , टालो, ब्रस र मन्जन, लगाएतको सामाग्रीहरु दोस्रो चरणमा वितरण गरिएको हो ।


स्थानीय तहसँग समन्वय गरेर पनौती नगरपालिकाको वडा नः ७ र ८ मा ८० परिवारलाई राहत वितरण गरिएको हो ।
पुर्व उर्जा राज्यमन्त्री तथा माननीय सुर्यमान दोङ( लालध्वज), भिसियन नेपालका अध्यक्ष दिपक चौलागाईं, नेकपा माओवादी केन्द्रका नेता दावा घिसिङ, होम खुलान, निशान मोक्तान, लगाएतको उपस्थितिमा उक्त राहत वितरण भएको थियो ।