काभ्रेपलाञ्चोक । एनसिआरएस (NCRS) संस्थाले काभ्रेका बाढीपहिरोबाट पीडित परिवारलाई राहत वितरण गरेको छ । शुक्रबार र शनिबार जिल्लाको बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका र पनौती नगरपालिकाको ६१८ बाढीपहिरो पीडित परिवारहरु राहत वितरण गरेको हो ।

संस्थाले रोशी गाउँपालिकाको वडा नं. १, ३ र ४ मा माननीय मीना तामाङको बिशेष उपस्थितिमा प्रति परिवार २ बोर चामल ३ केजी दाल,२ लिटर तेल,२ केजी नुन , किचेन कीट र हाइनिक किट वडा नम्बर १ मा ११०, वडा ३ मा १५० र वडा ४ मा २०७ परिवारलाई राहत वितरण गरिएको हो ।

त्यसै गरि बेथानचोक गाउँपालिकामा वडा नम्बर ४ चलाल गणेशस्थान सलाङदुङ् बगरमा ९८ परविारलाई र पनौती नगरपालिका वडा नम्बर ७ पनौती बजारमा ६३ परिवारलाई स्थलगत अनुगमन गरि पीडितहरुको घर घरमा पुगि माननीय मीना तामाङ (रञ्जिता)को बिशेष उपस्थितिमा राहत वितरण गरेको हो ।

पूर्व माननीय गंगा बहादुर तामाङ(बमध्वज) को विषेश पहलमा, नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला सचिव दैबलाल घिसिङ (अनुशिल)को समन्वय तथा सहजीकरणमा र माननीय मीना तामाङ (रञ्जिता)को बिशेष उपस्थितिमा तथा संस्थाका जिम्मेवारीहरु विभिन्न तहका समाजसेवी तथा अगुवाईहरुको उपस्थितिमा उक्त राहत वितरण भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय