काठमाडौं । समाजसेवी तथा सञ्चारकर्मी मिन बहादुर सिङ्तानको विषेश पहलमा विभिन्न ठाउँका बाढीपहिरोबाट पीडित परिवारहरुलाई राहत वितरण गरेको छ ।

सिङ्तानको पहलमा असोज १२ गते देखी कार्तिक १ गते सम्म काडमाडौं र काभ्रेको विभिन्न ठाउँका  करिब ९०० बाढीपहिरो पीडित परिवारहरुलाई राहत वितरण गरिएको हो । सिङ्तानको पहलमा बौद्ध धर्मगुरु सोनाम वाङ्चेन र उहाको सस्था आसा र चुनौती, आशिका तामाङको आशिका फाउन्डेसन र धर्मगुरु लामा पाल्साङ लामा र लामा आले लामाको विशेष सहयोगमा उक्त राहत विरतरण गरेको हो ।

बाढीपहिरो पीडित काडमाडौंको बल्खुमा ४ सय ३० परिवारलाई ४३० बोर चामल, ४३० थान ब्ल्ङकेट, ८६० केजी दाल, ४३० केजी नुन ४३० केजी मस्यौरा, ४३० केजी दालमोठ र ४३० लिटर तेल वितरण गरेको हो ।

त्यस्तै सिङ्तानको पहलमा तथा धर्मगुरु लामा पाल्साङ लामाको सहयोगमा काभ्रेको ख्याकु, डाडागाउँ,लड्कु खोला,बल्थली आसपासमा १०० घरपरिवारलाई १०० बोरा चामल,२०० केजी दाल, १०० लिटर तेल र १०० केजी नुन वितरण गरेको हो । पनौती बगर,सुकुम्बासी बगर,मल्पी कुशादेबी आसपासमा ७० घरपरिवारलाई ७० बोरा चामल,१४० किलो दाल,७० किलो चिउरा,७० किलो मस्याउरा, ७० किलो चिउरा, १४० प्याकेट बिस्कुट ,७० किलो नुन,७०थान म्याटेश,७० थान ब्यान्केट र ७० थान डसना वितरण गरेको हो ।

आशिका तामाङको आशिका फाउन्डेसन र यम गुरुङको सहयोगमा काभ्रेको बेथानचोक गाउँपालिका ५ भाङ्गल, खाल्डे,टाङ्गिटोलमा ६० पीडित घरपरिवारलाई , ६० बोरा चामल, ६० थान सोलर बत्ती, ६० केजी दाल, ६० केजी नुन, ६० केजी मस्याउरा र ६० लिटर तेल वितरण गरेको हो ।

आशा र चुनौतीको सहयोगमा काभ्रेको बेथानचोक गाउँपालिका बोल्दे,सिर्थाली,साउरे, पाखा दमार, काडा पाखा, लोसे आसपासमा १७२ घरपरिवारलाई १७२ बोरा चामल,१७२ थान सोलर बत्ती, ८६० केजी दाल, १७२ केजी नुन र १७२ लिटर तेल वितरण गरेको हो । त्यस्तै आशा र चुनौतीकै सहयोगमा बेथानचोक गाउँपालिका ४ छत्रे, क्ल्ब घर, महतगाउँ, धर्मशाला, देबिथान, छापागाउँ, लामागाउँ, सिम्ले,बगर, गणेशस्थान आसपासमा ४५ बोरा चामल,४५ थान,कम्मल ब्लङ्केट, ४५ थान डसना,९० केजी दाल, ४५ लिटर तेल र ४५ केजी मस्याउरा वितरण गरेको हो ।

बौद्ध धर्मगुरु सोनाम वाङ्चेनको सहयोगमा मल्पी बगर माथी २० घर परिवारलाई २० बोरा चामल,२० थान डसना,२० थान ब्लङ्केट,४० केजी दाल,२० केजी नुन,२० केजी मस्याउरा,२० केजी चिउरा र ४० प्याकेट बिस्कुट वितरण गरेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय