काठमाडौं । ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भृकुटीमण्डपस्थित फुटशलमा मैत्रीपूर्ण रग्बी खेल सम्पन्न भएको छ।

नेपाल रग्बी संघ, महिला विभागले मंगलबार रग्बी खेलको बारेमा जानकारी दिने उदेश्यले आयोजना गरेको उक्त खेल महिला संचारकर्मी र नेपाल महिला रग्बी टीमबीच संचालन गरिएको हो । कार्यक्रममा वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले क्रिकेट र फुटबलजस्तो चर्चित नभए पनि अहिले रग्बी खेलले क्रमशः गति लिइरहेको बताईन् । नेपालमा मात्र नभई एसियामा समेत रग्बी खेलले सोचेअनुरुप विकासमा सफलता पाउन नसकेको बताउँदै उनले विश्व चर्चित खेल रग्बीलाई नेपालमा प्रचुर सम्भावनाको खेलको रुपमा विकसित गर्दै लैजानुपर्ने बताईन् ।

महिला विभाग प्रमुख एलिसा थापाले नारी सशक्तिकरणका लागि महिलाहरू पनि सक्षम रहेको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताईन् । नेपालको राष्ट्रिय खेलमा समेट्न बाँकि रहेको रग्बी खेलमा महिलाको सहभागिता सन्तोषजनक रहेको भएपनि रग्बी खेललाई राम्रो बनाउन ठोस कार्यक्रम र नियमित बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराईन्। राष्ट्रिय खेलहरुलाई मात्र खेल मानिने र अरु खेललाई खेल होइन जस्तो गरिने व्यबहारका कारण नै रग्बी जस्ता खेलहरुको विकास हुन नसकेको उनी बताउँछिन् ।

२५ वर्ष पहिले रग्बीको आधिकारिक निकाय नेपाल रग्बी संघको स्थापना भएपनि यसको पहिलो राष्ट्रिय प्रतियोगिता भने २०७२ अर्थात २०१५ सालमा मात्र पहिलो पटक दशरथ रंगशालामा सम्पन्न भएको थियो । २०५२ सालमा शुरु भएको रग्बीको आफ्नै राष्ट्रिय टोली भने सन् २०१५ मा गठन भएको हो । नेपाल रग्बी संघले सन् २०१८ मा एसियन रग्बी महासंघको मान्यता प्राप्त गरेको थियो । यस्तै नेपाल रग्बी संघ रग्बीको विश्व नियामक निकाय विश्व रग्बीको एसोसिएट मान्यता भने सन् २०२० मा नोबेम्बर बाट पाएको हो ।

यस्तै नेपाली राष्ट्रिय महिला रग्बी टिम सन् २०१६ मा तयार भएको थियो । सन् २०१५ मा चेन्नईमा भएको प्रि ओलम्पिक क्लालिफायरमा पुरुष टोलीले मात्र भाग लिएको थियो । त्यसयता भने महिला पुरुष दुवै टोलीले निरन्तर रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका छन् । सन् २०१९ मा पहिलो पटक जापानमा रग्बी विश्वकप आयोजना भएको थियो ।

रग्बीको राष्ट्रिय महिला टीममा हाल १२ जना खेलाडी रहेका छन् । हालसम्म नेपाल महिला रग्बी टीमले तीनवटा देशमा पुगेर अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गरिसकेका छन् । रग्बी खेल ७ र १५ जनाको टिम गरी दुई तरिकाले खेल्ने गरेको पाईन्छ । अन्य मुलुकले १५ जनाको टिममा रग्बी खेल्दै आएपनि नेपालले भने अहिले ७ जनाको टिम सेभेन्स प्रतियोगिता बाहेकका प्रतियोगितामा सहभागीता जनाएको छैन । ७ खेलाडीमा खेलाईने खेल १५ मिनेटको हुन्छ भने १५ खेलाडीमा खेलाइने खेल ८० मिनेटको हुने गर्दछ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय