
काभ्रेपलाञ्चोक । दुबईमा एक कम्पनीमा कार्यरत काभ्रेपलाचोकका एक युवकको चिप्लिएर खस्दा मृत्यु भएको छ ।
महाभारत गाउँपालिका वडा नं. ६, सल्लेनीका २८ वर्षीय दुधराज स्याङ्तानको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दुबईको क्यापिटल एन्भलप्स एल.एल.सी कम्पनीमा कार्यरत २०८१ असोज १७ गते काम गर्ने क्रम अन्दाजी ४० मि. उचाईबाट सेफ्टी नभएका कारण चिप्लिएर खसेर टाउकोमा चोट भइ गम्भिर घाइते भएका थिए । उनको असोज १९ गते उपचारको क्रममा मृत्यु भएको हो ।


उनी ३ बर्ष देखि उक्त कम्पनीमा कार्यरत थिए । स्याङ्तानकाको शव कार्तिक १३ गते (भोलि) नेपाल ल्याउने तयारी रहेको पारिवारिक स्रोतले बताए ।
दुधराज घरका ६ दाजुभाइमा माइलो छोरा हुन । उनका दुई छोरी र पत्नी छन् ।