काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनका लागि तयारी पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरुलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् । सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको बताउँदै उनले सबै ठाउँमा मिल्न सकिदैन भने पनि पारस्पारिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर परिचालित हुन सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।

अध्यक्ष नेपालले अब सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे । त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाई थियो ।उनले एमसीसीका बारेमा अनुशासनहीन काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

अध्यक्ष नेपालले पार्टीको निर्णय विपरीत लेख्नेहरुलाई गल्ती सच्याउन आग्रह गरे । अध्यक्ष नेपालले नेपालको सन्धि ऐन, नेपालको कानुनी प्रावधान, एमसीसीको सहमति सबै कुरालाई ध्यान राखेर व्याख्यात्मक घोषणा संसद्ले पारित गरेपछि, एमसीसीको अंग बन्ने अवस्था भएपछि आफूहरुले एमसीसीलाई अनुमोदन गरेको बताए । एमसीसीसँग जोडिएका विषयलाई आफ्नो राजनीतिक प्रतिवेदनमा पनि राखेको र पुरक दस्तावेज पनि उपलब्ध गराउने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय