काभ्रे । एकीकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेको मुखपत्र ‘शैक्षिक आवाज’ बिहीबार बिमोचन गरेको छ। संघीय सांसद सुर्यमान डोङ (लालधोज)ले मुखपत्रको बिमोचन गर्नु भएको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठन पहिलो पटक मुखपत्र प्रकाशन गरेकोमा शुभकामना दिदै यसले संगठन लाई अझै मजबुत गर्नुका साथै शैक्षिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।
संगठनको मुखपत्रले संगठन लाई थप बजबुत र एकता बद्द गरि शैक्षिक समस्यालाई समाधान गर्न मदत पुग्ने सम्पादन मण्डलका सदस्य तथा जिल्ला कमिटी सदस्य नारायण धितालले बताउनु भयो।
संगठनका काभ्रेका अध्यक्ष चेत बहादुर लामाले ‘शैक्षिक आवाज’ काभ्रेको शैक्षिक क्षेत्रमा सकरात्मक प्रभाव पार्ने र यो प्रकाशनलाई नियमित रुपमा प्रकाशन मार्फत शैक्षिक क्षेत्रका गतिबिधि चलाएमान गर्न र सबैको सुझाव सल्लाह सुझाव अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो।
कार्यक्रम शुभ कामना मन्तव्य पार्टी केन्द्रीय सदस्य तथा पूर्व सांसद गंगा बहादुर तामाङ(क.बमध्वज), पार्टी बागमती प्रदेश समिति सचिव क. इन्द्र बहादुर थिङ्(छिन्ताङ), पार्टीको बागमती प्रदेश समिति सचिवालय सदस्य तथा काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ(क.अनुशील), संगठन केन्द्रीय सदस्य पदम प्रसाद तिमिल्सिना र ट्रेड युनियन महासंघको काभ्रे जिल्ला अध्यक्ष राजन अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं संघीय सांसद मिना तामाङ, पार्टी केन्द्रीय सदस्य कृष्ण अधिकारी र पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज तेज बहादुर मिजार र जिल्ला संयोजक भोला अर्यालको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन तिर्थनाथ गौतमले गर्नुभएको थियोे। कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष अर्चना अस्तानीले दिनुभएको थियो भने कार्यक्रमको औचित्यबारे जिल्ला उपाध्यक्ष रामचन्द्र चौलागाईंले मन्तव्य राख्नुभएको थियो ।