काभ्रेपलाञ्चोक । भिसियन नेपालको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नः २ मा बाढीपहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व उर्जा राज्य मन्त्री माननीय सुर्यमान दोङ (लालध्वज) को समन्वय र सहकार्यमा युवा नेता तथा समाजसेवी नेकपा माओवादी केन्द्र खानिखोला गाउँकमिटीका अध्यक्ष अविरल जिम्बाको विषेश पहलमा पुर्ण क्षेती तथा उच्च जोखिममा रहेका ५० घरपरिवारलाई शनिबार फाईबर सिरक, चामल, दाल, चिनी, तेल, साबुन, टालो, ब्रस, मन्जन, लगायतका राहत सामाग्री वितरण गरेको हो ।

युवा नेता तथा समाजसेवी नेकपा माओवादी केन्द्र खानिखोला गाउँकमिटीका अध्यक्ष अविरल जिम्बाको पहलमा यस प्रभावित क्षेत्रमा लक्ष्यित गरि राहत वितरण गरेको बताए । जिम्बाको पहलमा करिब काभ्रे जिल्लाकै १३ वटा स्थानीय तहहरुमा ५०० घरपरिवार भन्द माथीलाई राहत वितरण गरिसकेको बताए । प्रभावित क्षेत्रमा राहत वितरण सम्पन्न गरेसंगै आफ्नो पहल र विभिन्न संघ संस्था आफू स्वयम फिल्डमा खटी बस्ने घर निर्माण गरी दिने प्रतिबद्धता गर्नु भयो ।

भिसियन नेपाल संस्थाले नेपाल सरकारले बाढीपहिरो संकट ग्रस्त क्षेत्र घोषण गरेका जिल्ला विभिन्न स्थानीय तहमा राहत सामाग्रीहरु, खानेपानी ट्याङ्की ,विभिन्न निर्माण कार्यहरु गर्दै आएको मानवीय क्षेती भएका स्थानहरुमा नगद रकम हस्तान्तरण, राहत सामाग्रीगरु सहयोग गर्दै आएको भिसियन नेपाल संस्थाका उपाध्यक्ष राधा मताङ्गीले बताईन ।

राहत वितरण वडा नः २ वडा कार्यलयको प्राङ्गणबाट अध्यक्ष देबराज तामाङ रोहवरमा भएको हो । वितरण कार्यक्रम वाइसीएल नेपालका केन्द्रिय सचीव अबिलास तामाङ, स्थानीयहरु, जनप्रतिनिधिहरुको उपस्थितिमा राहत वितरण गरेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय