काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादका सम्बन्धमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आफूलाई आइनसकेको बताएका छन् ।

‘मलाई निर्णय आइपुगेको छैन । सञ्चारमाध्यममार्फत सुनेका चाहिँ छु । निर्णय अब लिखितमा मन्त्रालयमा आएपछि यसबारेमा छलफल होला’, सोमाबार बिहान उनले भने।

बक्यौता नतिर्ने उद्योगहरुको लाइन प्राधिकरणले कानुन बमोजिम काटेको उल्लेख गर्दै घिसिङले अब छलफल नभईकन यसै भन्न नसकिने बताए । ‘यो गम्भीर विषय छ । पैसा नतिरेपछि हामीले निर्णय गरेको कानुनअनुसारको हो । काटिएपछि जोड्नका लागि त्यहाँ सर्टेन प्रक्रिया छ’, उनले भने, ‘किस्तालगायतका व्यवस्था छ । अब जोड्नलाई प्रशासनीय कुरा भए । क्याबिनेटले निर्णय गरेपछि यसबारे छलफल होला नि त !’

आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयले विद्युत् महसुल नतिरेर काटिएका उद्योगमा सोमबार १२ बजेभित्रै लाइन जोड्ने निर्णय गरेको थियो । यस्तै बैठकले टाइम अफ डे (टीओडी) मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय