महभारत, काभ्रे । जिल्लाको महाभारत गाउँपालिका–६ स्थित् गाउँपालिका कान्छालाल जिम्बाको सक्रियतामा घ्याब्रिङ र बालखोपका बसिन्दालाई खानेपानी वितरण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को प्रदेश विशेष अनुदान र गाउँपालिकाको साझेदारी बजेटबाट ५३ घरधुरी र एक विद्यालयलाई ‘एक घर, एक धारा’ खानेपानी वितरण गरिएको जानकारी दिए ।

उनले ‘एक घर र धारा’ कार्यक्रमबाट सो ठाउँका ३८० बासिन्दा लाभान्वित भएका बताए । ‘गाउँपालिकामा नै पहिलो पटक र जीवनमा अमृत खुवाउने कामको सुरुवात भएको छ,’ उनले भने, ‘मानिसको जीविका चलाउने पहिलो आधार खानेपानीको व्यवस्थापन गर्न सफल भएकोमा लागेको छ ।’

बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्माले कम आम्दानी भएका पालिकालाई खानेपानी सेवा लगायतका सयहोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले दुर्गम गाउँपालिकाको विकट गाउँका बासिन्दालाई प्रदेश सरकारको साझेदारीमा खानेपानी उपलब्ध गराउन सफल भएको बताए ।

वडाध्यक्ष रमेश लुङ्गेलीले पानीकै लागि स्थानीयले धेरै संघर्ष गर्नु परेकोमा अब त्यसको अन्त्य भएको बताए । गाउँपालिकाका सव–इन्जिनियर प्रकाश खड्काले करिब साढे तीन किलोमिटर टाढाको बालखोप मुहानबाट मूल पाइप बिछ्याएर तीन ठाउँमा पानी ट्यांकी निर्माण गरी घर–घरमा खानेपानी पु¥याइएकोे बताए ।

उनका अनुसार उक्त आयोजना सम्पन्न गर्नका लागि ४६ लाख ५० हजार ५ सय ४ रुपैँया लागतमा मुख्य पाइपलाइन र वितरण पाइप लाइन गरी करिब ११ किलोमिटर पाइपलाइन बिछ्याएर खानेपानी धारा वितरण गरिएको हो ।

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीबासी गाउँमा खानेपानी पुगेपछि खुशी भएका छन् । खानेपानी आयोजनाको उद्घटन बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव यमलाल भुसाल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनीराम शर्मा, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार शाह र गाउँपालिकाका अध्यक्ष जिम्बाले संयुक्त रुपमा गरेका थिए ।

प्रदेशका तीन सचिवहरुले विकट महाभारतमा अध्यक्ष जिम्बाले विकासका धेरै काम गरेको र प्रशंसा योग्य रहेको बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय