महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाले यही कातिक २८, २९ र ३० गते सबै वडामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । उक्त अभियान खोप अभियानमा १२ बर्ष माथिका सबै नागरिकहरुलाई (पहिला खोप नलिएको अवस्थामा पहिलो डोज र २८ दिन पछि दोस्रो डोज लगाइने, पहिलो श्रृङ्खला पुरा भएको वा बुस्टर डोज लगाएको १ वर्ष पुरा हुनेहरुको लागी बुस्टर डोज लगाईने ) छ ।

गाउँपालिकाले ८ वटै वडामा खोपकेन्द्रहरु तोकेका छन् । खोपकेन्द्रहरु विहान १०ः०० देखि बेलुका ४ः०० बजेसम्म संचालन हुनेछ ।

गाउँपालिकाको वडा नं. १ को छोटेसाहन र आरुबोटमा २८ गते गोकुले स्वास्थ्य चौकी र गोगने आ. स्वा. के.मा २९ गते, वडा नं. २ को स्याप्लेडाँडा आ. स्वा.के. मा २९ गते, वडा नं. ३ को सिरुटारमा २८ गते, फोक्सिङ्टार स्वास्थ्य चौकी र फोक्सिङ्टार आ. स्वा. के.मा २९ गते वडा नं. ५ को चाउढिक आ. स्वा. के.मा २८ गते घुडे खोप केन्द्रमा २९ गते र बुढाखानी वर्थिङ सेन्टर ३० गते खोप लगाउने तालिका रहेको छ ।

त्यस्तै वडा नं. ६ को बनखुचौर स्वास्थ्य चौकीमा २८ गते गोल्टार आ. स्वा. के.मा २९ गत,े वडा नं. ७ को धनसारडाँडा आ.स्वा.के. मा २९ गते,
वडा नं. ८ को जनबालहित प्रा.वि.मा २८ गते शम्भेश्वर आ.वि.मा २९ गते र घर्तिछाप स्वास्थ्य चौकीमा ३० गते खोप लगाउने तालिका रहेको छ ।

गाउँपालिकाको वडा नं ४ बुढाखानी स्वास्थ्य चौकीमा मंसिर ०२ गते खोप संचालन हुने महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।

सुचना

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय