खानीखोला, काभ्रे । गत असोज ११ र १२ गतेको अविरल वर्षको कारण बाढी पहिरोबाट पीडित भएका पीडितहरुलाई राहत सामाग्री र विद्यालयलाई सहयोग बुधबार खानीखोलाको ताल्ढुङ्गामा वितरण गरेका छन्।
बोधिसत्व विहार बुढानिलकण्ठ, काठमाडौं र कान्छीमाया तामाङ फाउन्डेसन,धुलिखेलले राहत सामाग्रीहरु उपलब्ध गरेको थियो। प्रति परिवार १बोरा चामल, १ थान फाइवर सिरक, १थान त्रिपाल, १थान म्याट्रिक्स, १ थान झुलको दरले पूर्ण क्षति भएको ५० घर परिवारलाई राहत वितरण गरेको थियोे। बाढी पहिरोले बिग्रेको खानेपानी योजनाहरु मर्मत गरि खानेपानी सञ्चालन गर्न संस्थाको तर्फबाट २० mmको ४ क्वाइल पाईप(१२०० मिटर) गाउँ पालिकालाई हस्तान्तरण गरेको छ।
श्री कुमारी आवासीय मा. वि. खानीखोला-४को आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग स्वरुप २२बोरा चामल, नुन ३० केजी ३ काटुन चाउचाउ २० वटा झुल, म्याट्रिक्स २रोल, कापी २० दर्जन, चप्पल २० जोर सरसफाइ सामान २० सेट, ब्ल्याङकेट २०वटा,झोला२०पिस, चना ५०किलो, चिनी २० किलो दाल २५ किलो, मसला ७ केजी विद्यार्थीलाई पोसाक २३ सेट सामाग्री विद्यालयलाई उपलब्ध गरेको छ। भावी दिनमा आवासीय विद्यालयलाई सहज ढंगले सञ्चालनको गर्नको लागि निरन्तर रूपमा आवश्यक सहयोग गर्न संस्था र विद्यालयको बीचमा सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा कान्छीमाया तामाङ फाउन्डेसनको अध्यक्ष डा. दिल बहादुर तामाङले र विद्यालयको तर्फबाट आवासीय विद्यालयको अध्यक्ष एवं वडा अध्यक्ष निसान मोक्तानले हस्ताक्षर गर्नुभएको थियोे।
गाउँ पालिका अध्यक्ष इन्द्र बहादर थिङ्(छिन्ताङ)ले खानीखोला गाउँको बाढी पहिरो पीडितहरुलाई र आवासीय विद्यालयलाई सहयोग गर्नुभएकोमा संस्था र संस्थाको अध्यक्ष डा. दिल बहादुर तामाङ र संस्थाको प्रतिनिधि लोक बहादुर तामाङलाई धन्यवाद व्यक्त गर्नुभयो। संस्थाका डा. तामाङले दुर्गम भेकका पीडितहरुलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभएको थियो। आगामी दिनमा खानीखोलाको बढी पहिरो पीडितहरुलाई पुनःस्थापन र पुन निर्माण काम, स्वास्थ्य र शिक्षा क्षेत्रको काम सहयोग गर्ने बताउनु भएको थियो। समाजसेवी दैवलाल घिसिङ(अनुशील)ले दाता सहयोगी संस्थालाई पीडितहरुको पीडाको अवस्थामा सहयोगको प्रत्येक्ष जोड्न पाउँदा खुशी व्यक्त गर्नुभएको,आगामी दिनमा पनि खानीखोला बासिन्दालाई सहयोगलाई अनुरोध गर्नुहुँदैन संस्था र संस्थाको प्रतिनिधिहरुलाई सहयोग लागि आभार व्यक्त गर्नुभएको थियो।
समाजसेवी राजन अधिकारी र वडा अध्यक्ष निसान मोक्तानले पनि सहयोगको लागि संस्थालाई धन्यवाद ज्ञपान गर्नु भएको थियो। संस्थाको प्रतिनिधि लोक बहादुर तामाङले काभ्रे जिल्लाको दुर्गम भेकको पीडितहरुलाई सहयोग गर्न पाउँदा गौरव महसुस भए र अरु सहयोगी संस्थाहरु सहर बजार र सुगम स्थानमा केन्द्रीतहरु आफूहरु दुर्गम भेकमा आएको बताउनु भएको थियो। कार्यक्रममा विद्यालयको तर्फबाट सहयोगी संस्थालाई सम्मान पत्र प्रदान भएको थियो। विद्यालयको प्रधानध्यपक लाल बहादुर घिसिङले सहयोगी संस्था,संस्थाको प्रतिनिधि र सहजीकरण गर्नुहुनेहरु धन्यवाद व्यक्त गर्नुभएको थियो। यस संस्था मार्फत राहत वितरण गर्न र संस्था र विद्यालयको बीचमा सहकार्य गर्न समाजसेवी दैवलाल घिसिङ (अनुशील)ले प्रत्येक्ष पहल गर्नुभएको थियोे।
दक्षिण कोरियाबाट सहयोग
खानीखोलाबाट रोजगारीको सिलसिलामा दक्षिण कोरियामा पुग्नु भएका खानीखोला -५ निबासी दिनेश तिमल्सिना र श्याम थोकरले बाढी पहिरो पीडितहरुलाई राहतको लागि आफ्नो सहयोगी साथीहरूबाट रु.१,२५,१२२/- संकलन गर्नु भइ ३५ सेट सिरक, डसना, तन्न, सिरानी र खोल खरिद गरेर गाउँ पालिकामा हस्तान्तरण गर्नुभएको छ। यस कार्यको प्रत्येक्ष पहलकदमी समाजसेवी तथा अभियन्त राजन अधिकारीले गर्नुभएको थियो।
YCL, नेपालको केन्द्रीय सदस्य वर्षा रानाले ४५ वटा टि सर्ट उपलब्ध गर्नुभएको थियो। उक्त टि-सर्ट बाढी पहिरो पीडितलाई वितरण गर्नको लागि गाउँ पालिकामा हस्तान्तरण गरिए थियो। राहत वितरण कार्यको प्रसंसा गर्दै गाउँ पालिकाको तर्फबाट अध्यक्ष इन्द्र बहादुर थिङ्(छिन्ताङ)ले सहयोगी संस्थालाई धन्यवाद पत्र प्रदान गर्नुभएको थियो।