काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा नेता कार्यकर्ताहरुलाई युद्धस्तरमा आक्रमक भएर लाग्न निर्देशन दिएको छ ।

बुधबार पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित राजनैतिक–बैचारिक प्रशिक्षणमा बोल्दै प्रचण्डले यस्तो निर्देशन दिएको हो ।

अध्यक्ष प्रचण्डले निर्वाचनपछि पनि नेपाल राजनीतिको चाबी माओवादीको हातमा हुने बताए । त्यस्तै उनले मधेस लगायत देशभर माओवादी प्रवेश गर्नेको लहर चलेको बताए ।

‘जनता माओवादीको जिताउन आतुर छ, त्यो दिन पनि धेरै टाढा छैन । तर यसको लागि आम नेता कर्याकर्ता एकपटक युद्धस्तरमा आक्रमक भएर लाग्नु पर्छ,’ उनले भने, ‘माओवादीमा प्रवेशको लहर चलेको छ । अब हामीले केही मिहेनत गर्ने हो भने हामी ०६४ को निर्वाचनमा झैँ महोल बन्ने छ र जित्ने छौँ ।’

यो पनि पढ्नुहोस्

गठबन्धनको कुरा साइडमा राखेर आफ्नै खुट्टामा उभिएर लड्ने तयारीमा जुट्नुपर्छ : अध्यक्ष प्रचण्ड

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय