काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ ।

सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको थियो ।

उक्त बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो । स्थानीय तहको उपनिर्वाचनका विषयमा बैठकमा छलफल गरिनेछ ।

केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय