
काठमाडौँ । संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । विहीवार बिहान भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्यज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि गरेको उनले जानकारी दिए। प्रहरीका अनुसार ५ जनाको जिवितै उद्धार गरिएको छ ।


मृतकहरुको पहिचान भइसकेको छैन् । संखुवासभाबाट झापातर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहानै दुर्घटनामा परेको थियो ।