काठमाडौ । वैदेशिक रोजगारीको सिलसिलामा क्रोसिया पुगेका एक नेपालीले आत्माहत्या गरेका छन् । करिब ३ बर्ष पहिला क्रोसिया पुगेका काभ्रेका एक जनाले झुन्डिएर आत्महत्या गरेको हो ।

काभ्रेको महाभारत गाउँपालिका वडा नं. १ धाप स्थायी घरका पदम गोले मंगलबार त्यहाँको स्थानीय समय अनुसार बिहान ११ बजे झुन्डिएको अबस्थामा मृत फेला परेका हुन्।

कन्स्ट्रक्शन कम्पनीमा कार्यरत गोले आफ्नै कोठामा झुण्डिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई रिपोर्ट गरेको कम्पनीमा सँगै कार्यरत नेपालीले बताए।

कम्पनीमा सँगै कार्यरत भक्त पाख्रिनका अनुसार करिब ३ वर्ष पहिला आएका गोलेले पहिले आएको होटेलमा काम नभएपछी परिवर्तन गरि उक्त कम्पनीमा पुगेका थिए। साथै गोलेले करिब ३ महिना पहिला उनका श्रीमतीलाई पनि क्रोसियामा सगै लागेका थिए ।

कोठामाा गोले श्रीमती संगै बस्दै आइरहेका थियो । सन्चो छैन काम गर्न सक्दैन कोठामै आराम गर्न बसेको गोले उनको श्रीमतीले आतिएर कोठाको ढोका थुनेर आत्महत्या गर्यो भनेर भन्दा चकित परेको पाख्रिनले बताए।

गोलेको लासलाई प्रहरीको उपस्थितिमा मुचुलका उठाई पोस्टमार्टमको लागि स्थानयी अस्पतालमा लगेको छ । लासलाई नेपाल ल्याउने तयारी भए पनि क्रोसियामा नेपाली राजदुतावास नभएकोले असजिलो भइरहेको पारिवारिक श्रोतले बताए । यस विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण हुनु जरुरि देखिन्छ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय