काठमाडौं । तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले बुधबार २६ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसमा एक कार्यक्रम आयोजना गरी मोर्चाको संस्थापक केन्द्रिय सदस्यहरुलाई सम्मान गर्दै मनाएको हो । नेपालका तामाङ समुदायको पहिचान, हक, अधिकार र मुक्ति एवं समाजवादको लक्ष्य प्राप्तिका लागि स्थापना भएको मोर्चा हो ।

तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल नेपालका तामाङ समुदायका हक, अधिकार, र पहिचानका लागि संघर्ष गर्ने नेकपा माओवादी केन्द्रको एउटा प्रमुख राजनीतिक संगठन हो। यसको स्थापना तामाङ समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले २०५५ साल मङ्सिर ५ गतेका दिन काठमाडौंको महाबौद्ध स्थित प्रतिक पुस्तकालयको माथिल्लो हलमा गरिएको बृहत् भेलाबाट कुमार योञ्जनको संयोजकत्वमा १३ जना केन्द्रीय तदर्थ समिति रहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल गठन गरिएको थियो ।

मोर्चाको केन्द्रिय अध्यक्ष डिल्लिमान तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड)ले लिखित शुभकामना संदेश वाचन गर्नु भएको थियो ।

कार्यक्रमको बिशेष अतिथि पार्टीका उपध्यक्ष तथा वागमति प्रदेश इञ्चार्ज अग्नि प्रसाद सापकोटाद्वारा संस्थापक केन्द्रिय सदस्यहरुलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा बिशेष अतिथि लगायत पार्टिको केन्द्रिय महासचिव देव गरुङ, मोर्चाको फ्यक्सन इञ्चार्ज ओन्सारी घर्तिमगर, मोर्चाको प्रमुख सल्लाहकार पर्शुराम तामाङ, मोर्चाको इञ्चार्ज हित बहादुर तामाङ, मोर्चाको संस्थापक अध्यक्ष कुमार योञ्जन, मोर्चाको अध्यक्ष डिल्लिमान तामाङ लगायतले मोर्चाको इतिहासको साथै समाजवादी क्रान्तिमा मोर्चाले खेल्नु पर्ने र खेल्न सक्ने भुमिकाको सन्दर्भमा बहसमुलक बिषयबस्तुहरु माथि चर्चा गर्नु भएको थियो ।

मोर्चाको केन्द्रिय सल्लाहकारहरु र केन्द्रिय सदस्यहरुको सहभागितामा मोर्चाको कलाकारहरुले डम्फु र टुङ्नाको साथमा पहिचानको गितले स्वागत गरेको थियो ।

कार्यक्रमको सञ्चालन मोर्चाको महासचिव लिला घ्लान तामाङले गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय