
महाभारत । काभ्रेको महाभारत गाउँपालिकामा आँखाका बिरामीहरुका लागि निःशुल्क आँखा शिविर हुने भएको छ । महाभारत गाउँपालिकाको आयोजना र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, ख्वप तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा “एकदिने मोतियाविन्दु छनौट शिविर” तथा आँखाको मोतियाविन्दु शल्यक्रिया गाउँपालिकाको ५ स्थानमा शिविर संचालन हुने भएको छ ।
मंसिर १७ गते फोक्सिनटार स्वास्थ्य चौकी महाभारत गा.पा. –३, सानोपोखरा र ग्रामोन्नती मा. वि. महाभारत गा.पा.–५, चारकिल्लामा, १८ गते आजाद आ. वि. महाभारत गा. पा.–६, बनखुचौर र स्याप्लेडाँडा स्वास्थ्य केन्द्र महाभारत गा.पा. –२, स्याप्लेडाँडामा १९ गते गोकुले स्वास्थ्य चौकी महाभारत गा. पा. – १, गोकुले र २० गते घर्तिछाप स्वास्थ्य चौकी महाभारत गा.पा.–८, घर्तिछापमा बिहान १० बजे देखि दिउसो २ बजे सम्म शिविर बस्ने भएको हो ।


शिविरमा निःशुल्क आँखा परिक्षण, आवश्यक परेका बिरामीहरुलाई निःशुल्क औषधी वितरण, उक्त शिविरमा छनौट गरिएका मोतियाविन्दु भएका विरामीहरुलाई घर्तिछाप स्वास्थ्य चौकीको भवनमा २०८१ मंसिर २० र २१ गते तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौंको बरिष्ठ नेत्ररोग विशेषत्रज्ञद्वारा निःशुल्क अप्रेशन गरिने महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।