भक्तपुर । तामाङ पत्रकार संघ भक्तपुर शाखाको अध्यक्षमा छेडुप तामाङ सर्वसम्मत चयन भएका छन् । तामाङ पत्रकार संघ जिल्ला शाखा भक्तपुरको शनिबार सुर्यविनायकस्थित आशीर्वाद कोरियन भाषा सेन्टरको हलमा सम्पन्न चौथो अधिवेशनबाट तामाङ निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष तामाङ काभ्रेमा तामाङ पत्रकारिता क्षेत्रमा सक्रिय छन् । साथै विभिन्न अनलाइन सञ्चारमाध्यम हुँदै हाल नमबुद्ध डटकममा कार्यरत छन् ।
यस्तै संघको उपाध्यक्षमा गणेश बज्र लामा, सचिवमा सृजना पाख्रिन, सहसचिवमा मिङ्मा योञ्जन र कोषाध्यक्षमा बुद्धि माया तामाङ चयन भएका छन् ।
सदस्यहरुमा सुरेन तामाङ छ्युमी, जगत घिसिङ, निमा ब्लोन, मिङ्मा डोल्पा योञ्जन, डिबी गोले तामाङ, दावा दोर्जे तामाङ, प्रयास गोले, विक्रम तामाङ, अर्जुन तामाङ, र दावा मोक्तान तामाङ चयन भएका छन् ।
रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन बल तामाङ, तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तन, वरिष्ठ गायक तथा संगीतकार रोज मोक्तान, तामाङ चलचित्र निर्देशक संघका अध्यक्ष केबी तामाङ घिसिङ, तामाङ चलचित्र संघका महासचिव उतर लामा, नेपाल तामाङ घेदुङका संघीय सदस्य तथा भाषा, लिपि तथा साहित्य विभाग प्रमुख हिरालाल दोङ, र तामाङ पत्रकार संघका संघीय महासचिव तिर्थमान बल सहभागी रहेका थिए।
यस्तै,तामाङ महानायक अमिर दोङ, कार्यक्रमलाई समाजसेवी अस्मान वाइवा, बागमती प्रदेशका सचिव जगत घिसिङ, उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिस तामाङ, काठमाडौं जिल्ला शाखाका अध्यक्ष सन्तोष योञ्जन, नेपाल तामाङ मौलिक ह्वाइला न्हानका उपाध्यक्ष अन्तरे घिसिङ, नेपाल राष्ट्रिय सांस्कृतिक घेदुङका उपाध्यक्ष निमा दोङ, गीतकार कुमार स्याङबा, समाजसेवी फुर्पादोर्जे मोक्तान, मोडल लाक्पा लामा, तथा गीतकार ज्ञानदास तामाङलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमबाट दुई कार्यकालसम्म तामाङ पत्रकार संघ शाखा भक्तपुरको नेतृत्वदायी भूमिका निर्वाह गरेको अध्यक्ष सुदिन लामा र उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिस तामाङलाई सम्मान गरिएका थिए।