काभे्रपलाञ्चोक । तामाङ पत्रकार संघ काभ्रे शाखाको अध्यक्षमा लोक बहादुर लामा सर्वसम्मत चयन भएका छन् । तामाङ पत्रकार संघ जिल्ला शाखा काभ्रेको मंगलबार बनेपामा सम्पन्न चौथो अधिवेशनबाट लामा निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै संघको उपाध्यक्षमा जीवन तामाङ , सचिवमा अशोक बुद्ध लामा, सहसचिवमा विजय जिम्बा र कोषाध्यक्षमा लालध्वज तामाङ चयन भएका छन् ।
सदस्यहरुमा सिर्जना तामाङ, विकेश तामाङ र विजय तामाङ चयन भएका छन् । १ जना मनोनित हुन बाँकी रहेको छ ।