महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकामा आयोजना गरिएको वृहत निःशुल्क जनस्वास्थ्य शिविरमा १ हजार ६ सय ५१ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

भिडियो एक्सरे, मुटु रोग सम्बन्धी, पाठेघर सम्बन्धी, छाला तथा योन रोग सम्बन्धी, नाक, कान, घांटी सम्बन्धी, नसर्ने रोगको पहिचान, परिवार नियोजन सेवा, आँखाको परिक्षण र आयुर्वेद तथा वैकल्पिक चिकित्स सेवासमेत प्रदान गरिएको छ।

गाउँपालिकाका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । वृहत निःशुल्क जनस्वास्थ्य शिविर १८ गते आजाद मावि, महाभारत ६ बनखुचौरमा र १९ गते गोकुले स्वास्थ्य चौकी महाभारत, १ धापमा संचालन गरेको थियो ।

शिविरमा उक्त गाउँपालिकाका १ हजार ६ सय ५१ नागरिकले स्वास्थ्य सेवा लिएको गाउँपालिका अध्यक्ष जिम्बाले जानकारी दिए। शिविरमा विशेषज्ञद्धारा स्वास्थ्य परिक्षण तथा उपचार परामर्श ४ सय ३६ जनाले, नाक, कान, घांटी परिक्षण, उपचार तथा परामर्श १ सय १९ जनाले, छातीको एक्सरे सेवा १ सय ८३ जनाले, ( सम्भावित क्षयरोगी १९ जना र क्षयरोगी उपचार गनुपर्ने तथा औषधी सुरु गरेको ६ जना) र बालरोग सेवा परिक्षण उपचार तथा परामर्श १ सय ८ जनाले गरिएको थियो ।

त्यस्तै, दन्त परिक्षण तथा परिक्षण तथा उपचार परामर्श सेवा ९९ जनाले, प्रसुती, स्त्री तथा प्रजनन परिक्षण तथा परिक्षण तथा उपचार परामर्श सेवा १ सय ८ जनाले, (पाठेघरको मुखको क्यान्सरको समस्या १२ जना भएकोलाई त्जभचmयअयगनगगितष्यल द्धारा उपचार भएको), पाठेघर खस्केको समस्या ६ जनालाई च्ष्लन उचभककबचथ राखेर दिएको ) भिडियो एक्सरे सेवा तथा परामर्श ८६ जनाले प्रयोगशाला सेवा ६३ जना (रगत,पिसाव) परिवार नियोजन (पुरुष बन्ध्याकरण) २ जना, आयुर्वेद तथा वैकल्पिक चिकित्स परिक्षण तथा उपचार परामर्श सेवा १ सय ७ जना आँखा चेकजाच ४ सय ८४ जनाले र ( ५२ जनाको मोतिविन्दुको छनोट गरिएको छ । आँखा परिक्षण आज पनि घर्तिछापमा भइरहेको छ । मोतियाविन्दुको समस्या देखिएका विरामीको उपचार भोली मंसिर २१ गते घर्तिछाप स्वास्थ्य चौकीमा हुनेछ ।

वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रे, महाभारत गाउँपालिकाको सहकार्यमा शिविर आयोजना गरिएको हो । मेथिनकोट प्रादेशिक अस्पताल, धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल बनेपा, नेपाल परिवार नियोजन संघ काभ्रे शाखा लगायतका विभिन्न संस्थाको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको थियो ।

वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थाले जनस्वास्थ्य शिविर अन्तर्गत हरेक जिल्लाका दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउने सरकारको नीति अन्तर्गत कार्यक्रम भइरहेको बताए । जनतासँग भेटेर स्वास्थ्य अवस्था वुझ्ने, गाउँ गाउँमा सेवा पुर्याउने, रोगको पहिचान गर्ने अभियानका रुपमा शिविर सञ्चालन गरिएको उनको भनाई छ । मन्त्री थापाले पालिकामा सहज रुपमा आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य रत्न ढकालले विकट क्षेत्र महाभारतका नागरिकको सहज स्वास्थ्य पहुँचका लागि विभिन्न निकायसँगको सहयोग र समन्वयमा काम भइरहे पनि अपेक्षाकृत उपलब्धी हुन नसकेको बताएका छन् ।
दुर्गम क्षेत्र भएका कारण नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेपछि सबैलाई समेट्ने गरी वृहत स्वास्थ्य शिविर आयोजना गरिएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । स्वास्थ्य सेवा नागरिकको मौलिक हक अन्तर्गत रहेपनि महाभारतवासीले सेवा पाउनै कठिन रहेको उनको गुनासो छ । विशेषज्ञ सेवा सहित स्वास्थ्य जाँचका लागि जिल्ला सदरमुकाम धुलिखेल आइपुग्नु पर्ने बाध्यता रहेको उनले बताए । शिविरले नागरिकको अवस्था के छ, कुन रोग धेरै छ भन्ने पहिचान गर्न समेत सघाउने भएकाले आगामी नीति कार्यक्रम तय गर्न सघाउने उनले बताए । अध्यक्ष जिम्बाले नागरिकलाई सचेत र स्वस्थ बनाउने अभियानको रुपमा समेत स्वास्थ्य शिविरलाई लिएका छन् ।

गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नुपर्ने अवस्था रहेको भन्दै पालिकाको मात्रै प्रयास असम्भव रहेको बताएका छन् ।

जनस्वास्थ्य कार्यालय काभ्रे प्रमुख रागिश्री कक्षपति श्रेष्ठले दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउनु नै शिविरको उदेश्य रहेको बताइन् । महिलाहरुमा पाठेघर सँग सम्बन्धीत संक्रमण बढी देखिएको उनले जानकारी दिइन् । छिटो विवाहका कारण छिटो गर्भाधारण हुने समस्या पनि देखिएको उनको भनाई छ ।

काभ्रेको कर्णाली भनेर चिनिने महाभारत गाउँपालिकाले सबै नागरिकको स्वास्थ्यमा पहुँच पुर्याउन हरेक वर्ष वृहत स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय