काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पठाइदिने भन्दै १९ जनासँग लाखौं रुपैयाँ र पासपोर्ट संकलन गरेर दलाल फारर भएका छन् । चितावन जिल्ला भरतपुर महानगरपालिका ०९ स्थायी ठेगाना भएका हाल कतार बस्ने कृष्ण बहादुर श्रेष्ठले १९ जनाको रकम, पासपोर्ट र अन्य कतारमा रहेकोलाई सापटी भनेर रकम लिएर फरार भएका हुन् । उनले क्लिनर र ड्राइभिङ काममा लगाउने र मासिक कतारको २५ रियाल सय सम्म कमाई हुने भन्दै १९ जनाबाट ४२ लाख ३३ हजार रुपैयाँ र नेपाली ४ लाख नगद र २५ हजार रियाल सापटी भनेर लिएर फरार भएको पीडितहरुको भनाइ छ ।

करिब ९ महिना पहिले नै पैसा र पासपोर्ट बुझाएकाहरु अहिले श्रेष्ठ फरार भएपछि अलपत्र परेका छन् । ठगी भएको भन्दै बैदेशिक रोजगार विभगमा उजुरी दिइएको ठगिने मध्येका एक उदयपुरको त्रियुगा नगरपालिकाका ३४ वर्षीय गणेश चौधरीले ग्लोबल खबरलाई बताए । उनका अनुसार कार्तिक ८ गते बैदेशिक रोजगार विभाग काठमाडौंमा उजुरी दिइएको छ । अन्यले उजुरी दिने क्रम जारी रहेको छ ।

श्रेष्ठले तिर्थ राज तामाङको लक्ष्मी सनराईज बैंकको खाता, उर्मिला तामाङको माछापुच्छ्र्रे बैंक र एनएमवि बैंकको खाता र नविन डिम्डोङको ज्योति बिकास बैंकाको खाता बसन्ती सराङ्गकोटी, गणेश सुवेदी, रामु पराजुली, सम्झना सिग्देल, विनोद थापा, सिता घिमिरे किृपा खढ्का कृष्टि श्रेष्ठ, फन्जना खातुन जितेन्द्र श्रेष्ठ, चिना सार्की सरोज श्रेष्ठक उर्मिला तामाङ र सुप्रिया एण्ड सन्जोक किराना पसलको विभिन्न बैंकको खाता प्रयोग गरि विभिन्न कागजातहरु वर्क प्रमिट क्युविसी आदि देखाई केही समय लाग्छ भनि उनले बैदेशिक रोजगारका लागि कतार नपठाइ सम्पर्क बिहिन भएका हुन ।

यसरी ठगिनेमा गणेश चौधरी, कृष्ण वन चौधरी, असमित कुमार चौधरी, दिपक चौधरी, सन्तोष चौधरी, अनन्द देव चौधरी, अजय कुमार चौधारी, आशिव कुमार चौधरी सन्जय चौधरी, सागर चौधरी, सन्यय मल्लाह, सन्दिप कुमार गउड र राम प्रसाद गउड,रहेका छन् । त्यस्तै अर्का ग्रुपका लाल बहादुर श्रेष्ठ, धनिराम बलाल, रोहित श्रेष्ठ, श्रवन कुमार चौधरी, इमान सिङ साराङ्कोटी, मनिश मल्ला र उमा खाम्चा रहेको छ । श्रेष्ठले प्रदिप चौधरीको ग्रुपबाट २४ लाख १० हजार र अर्को पुर्ण बहादुर साराङ्कोटीको ग्रुपबाट १८ लाख २३ हजार लिएका छन् । साथै सन्तोष चौधरीको २८ सय रियालर र प्रदिप चौधरीकोे २८ सय रियाल गरि ५ हजार ६ सय लिएका छन् । यस्तै पुर्ण बहादुर साराङ्कोटीको नेपाली ४ लाख र १५ सय रियाल, कमल नेपालीको ७ हजार रियाल, लाल बहादुर साराङ्कोटीको १ हजार २ सय रियाल, प्रेम बहादुर बम्जनको ५ हजार ५ सय रियाल र पवन चौधरीको ६ सय ५० गरि १५ हजार ८ सय ५० रियाल कतारमा सापटी भनेर लगेको पीडितहरुको भनाई छ ।

दलाल श्रेष्ठ सम्पर्क बिहिन भएपछि बैदेशिक रोजगार र प्रहरीमा उजुरी दिएका हुन् ।पीडितहरु आफुहरुलाई श्रेष्ठले विचल्लीमा पारेकोले बैदेशिक रोजगार र प्रहरीलाई न्यायका लागि गुहार मागेको ग्लोबल खबरलाई बताए । विगत ५ महिना देखि श्रेष्ठ सम्पर्कमा छैनन् ।

कृष्ण बहादुर श्रेष्ठले खाता प्रयोग गरेको तिर्थ राज तामाङले आफुलाई श्रेष्ठले ४ हजार २ सय ठगी गरि उल्टै तिर्थराज र उनकी श्रमितीको खाता प्रयोग गरि ठगी गरेको तामाङ बताए ।

सम्पर्कबिहिन पछि कतारमा एकपटक भेट हुदाँ पैसा फिर्ता दिन्छु भन्दै भाग्न सफल भएको पीडितसंग सम्पर्क गराउने प्रदिप चौधरीले बताए । श्रेष्ठ कहिले काही सम्पर्कमा आए पनि कहिले दुबइ कहिले मलेसिया कहिले कतार र कहिले भारातमा रहेको भन्दै झुक्याइ रहेको पीडितहरुको भनाइ छ । पीडितहरुले श्रेष्ठबाट आफुहरु ठगी भएपनि अरु ठगी नहोस् भन्ने उद्देश्याले मिडियामा भएको बताए ।

बैंक खाता प्रयोगको भएको व्यक्ति तिर्थ राज तामाङ सम्पर्कमा अए पनि सम्पर्कविहीन रहेको श्रेष्ठ र अन्यलाई हामीले सम्पर्क गर्दा सम्पर्क हुन सकेन । श्रेष्ठबाट ठगी भएको अन्य पनि हामीसंग सम्पर्कमा आइरहेका छन् ।

फरार रहेको दलाल कृष्ण बहादुर श्रेष्ठ (फोटो भिडियोमा रहेको व्यक्ति) लाई कसैले कतै देखेमा नजिकैको प्रहरी कार्यालय, बैदेशिक रोजगार विभाग, योगेश चौधरी ९८२५७९३२८१, प्रदिप चौधरी ००९७४३०४७८४७५, पुर्ण बहादुर साराङ्कोटी ००९७४६६०९२५४९, तिर्थराज तामाङ ००९७४६६०३४८५६ नम्बरमा सम्पर्क वा पीडितहरुसगं अथवा ग्लोबल खबरको टिमलाई सम्पर्क गरिदिनुहोला । साथै श्रेष्ठलाई कसैले कतै देखेमा खबर गर्ने व्यक्तिहरुलाई उचित नगद पुरस्कारको व्यवस्था गरेको पीडितहरुको भनाइछ । यो खबर शेयर गरि सहयोग गर्नुहोला ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय