महाभारत । काभ्रेको महाभारत गाउँपालिकामा भएको निःशुल्क आँखा शिविरमा १ सय १ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

मंसिर १७ देखि २१ गतेसम्म भएको शिविरमा १ सय १ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो । शिविरमा १ हजार ३ सय ५ जनाले आँखाको चेकजाँच तथा उपचार गराएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

उनका अनुसार शिविरको अन्तिम दिन २१ गते शिविरहरुमा मोतिविन्दु समस्या देखिएको १ सय ३५ जना मध्ये १ सय १ जना घर्तिछाप स्वास्थ्य चौकीमा उपस्थित भइ आँखा शल्यक्रिया गरिएको थियो ।

तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग र महाभारत गाउँपालिकाको आयोजनामा मंसिर १७ गते फोक्सिनटार स्वास्थ्य चौकी महाभारत गा.पा. –३, सानोपोखरा र ग्रामोन्नती मा. वि. महाभारत गा.पा.–५, चारकिल्लामा, १८ गते आजाद आ. वि. महाभारत गा. पा.–६, बनखुचौर र स्याप्लेडाँडा स्वास्थ्य केन्द्र महाभारत गा.पा. –२, स्याप्लेडाँडामा १९ गते गोकुले स्वास्थ्य चौकी महाभारत गा. पा. – १, गोकुले र २० गते घर्तिछाप स्वास्थ्य चौकी महाभारत गा.पा.–८, घर्तिछापमा निःशुल्क आँखा शिविर भएको थियो ।

शिविरमा निःशुल्क आँखा परिक्षण, आवश्यक परेका बिरामीहरुलाई निःशुल्क औषधी वितरण समेत गरेको थियो ।

तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौंको बरिष्ठ नेत्ररोग विशेषत्रज्ञद्वारा निःशुल्क अप्रेशनले संसार देख्न पाएपछि महाभारत गाउँपालिकाका मोतिविन्दु रोगी नागरिकहरुले खुसी व्यक्त गरेका छन् । गाउँपालिका अध्यक्ष जिम्बाले शिविरमा तथा अप्रेशन गर्नु हुने विज्ञ स्वास्थ्यकर्मी र सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय