काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले पर्याप्त ध्यान पुर्याउन नसकेको बताएका छन् ।

चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै खनालले बीआरआईका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा उनको उनको थियो । चीन पुगेपछि अलमलका साथ सरकारले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेको उनको आरोप लगाए ।

उनले बीआरआई फ्रेमवकमा हस्ताक्षर गर्नैपर्ने भए त्यसअघि सरकारले नाटक देखाएको टिप्पणी गरे ।

छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरुसँग पनि राम्रो सम्बन्ध बनाउन नसक्ने उनले बताए ।

खनालले बीआरआई नेपालको हितमा रहेको दोहोर्याए । खनालले चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट व्यहोर्नुपरेको भन्दै पारावहनका विषयमा सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्ने धारणा राखे ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय