काठमाडौं । नेपाल तामाङ घेदुङका नवौं महाधिवेशनको सबै तयारी सकिएको बताएको छ ।शुक्रवार काठमाडौंको चुच्चेपाटीस्थित घेदुङको सभाहलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष मोहन गोलेले महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । महाधिवेशन उद्घाटन पूर्व अध्यक्ष एवं सल्लाहकार परशुराम तामाङको प्रमुख अतिथिमा हुनेछ ।

घेदुङको अधिवेशन धुम्बराहीस्थित एसआर ब्याङ्क्वेटमा आइतवार दिउँसो १२ बाट तीन दिनसम्म चल्नेछ । उद्घाटन कार्यक्रममा तामाङ सांस्कृतिसम्बन्धी गीतसंगीत तथा झाँकी प्रस्तुत हुने अध्यक्ष गोलेले बताए । यसपटकको उद्घाटनमा ताम्बा, बोम्पो, लामादेखि, नेपाल संस्कृति घेदुङको विशेष प्रस्तुति, तामाङ कलाकार संघ, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, म्हेन्दोमाया नृत्य रहनेछन् ।

उद्घाटन सत्रमै तामाङ भाषाको शिक्षा लागू भएका गाउँपालिका अध्यक्ष लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गोलेले बताए ।लगत्तै बन्द सत्रबाट सांगठानिक, आर्थिक, विधान संशोधनलाई सामान्य छलफल गरेर औपचारिकरुपमा पारित गराउने विधि अपनाउने घेदुङको तयारी रहेको छ ।

महाधिवेशन फागुन २९ गते उद्घाटन भएर चैत १ गते सकिनेछ । महाधिवेशनका लागि अहिले जिल्लाबाट प्रतिनिधिहरु आउन थालेको घेदुङका महासचिव बाबु घिसिङले जानकारी दिए ।

यसवर्ष ८ सय को संख्यामा प्रतिनिधि हुनेछ । तीनै तहबाट प्रतिनिधि आएको हुनाले प्रतिनिधि र पर्यवेक्षक धेरै भएको अध्यक्ष गोलेले बताए ।यसपटक घेदुङले तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, दीर्घकालीन संघर्षको योजनासहित जुझारु नेतृत्व चयनका लागि नवौं महाधिवेशन तय गरेको छ ।

चितवन घोषणापत्र जारी गर्दै २०७२ चैत १ गते निर्वाचित घेदुङको कार्यसमिति कोरोना महामारीका कारण पटकपटक महाधिवेशनको समय सर्दै आएकोमा यसपटक भने तोकिएकै समयमा महाधिवेशन हुने अध्यक्षले गोलेले बताए । घेदुङको निर्वाचित कार्यसमितिकोमो अवधि ४ वर्षको हुने नियम रहेको छ ।

घेदुङमा पदाधिकारी कति हुन्छन् । यसबारे प्रश्न गर्दा अध्यक्ष गोलेले पदाधिकारी २१ जनाको बनाउने बताए । यसपटक पदाधिकारी बढेका छन् । सबैलाई पद पुग्छ होला । पदाधिकारी नै २१ जनाको पुग्छ होला । पास भयो भने, पत्रकार सम्मेलनमा गोलेले भने ।घेदुङ सञ्चार विभागका संयोजक जगत दोङले सञ्चालन गरेको कार्यक्रममा तामाङ पत्रकार संघका वरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जन, उपाध्यक्ष अन्जु तामाङ, सदस्य मिलन लामा, धर्म टिभीको सुष्मा तामाङलगायतलेघेदुङको विवाद तथा समस्याबारे प्रश्न गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय