काठमाडौँ । व्यवसायमा कीर्तिमान रच्न सफल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनको ५१ दिनमा प्रवेश गरेको छ । फिल्म आज शुक्रबारबाट ५१ दिनमा प्रवेश गरेको हो । फिल्मले देशभर गरेर ३८ हलमा प्रदर्शनको ५१ दिनमा प्रवेश गरेको वितरक करण श्रेष्ठले बताए । यति धेरै हलमा फिल्मले प्रदर्शनको ५१ दिन पार गरेको यो पहिलो भएको श्रेष्ठको भनाई छ ।

फिल्मले ४७ दिनसम्म देशव्यापी ४९ करोडको ग्रस कमाएको थियो । अहिले कति पुग्यो त्यो हिसाब शुक्रबार सार्वजनिक गर्ने तयारीमा वितरकको छ ।

सरोज पौडेल निर्देशित फिल्म बाबुछोराको कथामा निर्माण भएको हो । फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपुत र बालकलाकार स्वयं केसीको मुख्य भूमिका रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय