काभ्रे । काभ्रेमा ६० जनाभन्दा बढी नेपाली कांग्रेस नेकपा एमाले लगायत अन्य विभिन्न पार्टीका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । महाभारत गाउँपालिकाको देविटारमा शनिबार आयोजित माओवादी केन्द्रको दोस्रो गाउँपालिका अधिवेशन तथा खबरदारी सभामा उनीहरू पार्टी प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन (अनन्त), पुर्व उर्जराज्य मन्त्रि एवं प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ (लालध्वज), वाइसिएल नेपालका पुर्व अध्यक्ष राम प्रसाद सापकोटा (दिपशिखा), माओवादी केन्द्र केन्द्रिय सदस्य एवं बागमती प्रदेश सभा सदस्य रत्न ढकाल, प्रदेश सचिव इन्द्र बहादुर थिङ (छिन्ताङ), काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ, महाभारत गाउँपालिका इन्चार्ज सुजन लामा र अध्यक्ष कान्छालाल जिम्बा (संसार) ले टीका र माला लगाएर स्वागत गरे ।
प्रवेश गर्नेहरु प्रेम बहादुर लुङ्गेली, भक्त ब. पिठाकोटे, हिरालाल श्रेष्ठ, मोक्तिलाल योन्जन, गजेन्द्र जिम्बा, राजु वाईबा, पुर्ण बहादुर दर्लामी, विजय सिंजाली, कृष्ण बहादुर आले, रुकिन्द्र जर्घा, लाल बहादुर आले, देवराज मोक्तान, नवराज कुँवर, विरेन्द्र राना, हस्त बहादुर मोक्तान, गोपाल मोक्तान, चेत बहादुर मोक्तान, कर्म सिं जिम्बा, कमान जिम्बा, योग बहादुर राना, पाल्साङ लामा, उमेश थापा, रामध्वज वाइबा, लगायतका छन् ।
त्यसै गरि देव कुमार स्याङतान, शान्तिलाल वि.क., सम्भुलाल वि.क., असलीमाया वि.क., कृष्ण बहादुर श्रेष्ठ, कुमारी माया श्रेष्ठ, शेर बहादुर लो, राम बहादुर वि.क. शुकुमाया वि.क., भिम बहादुर मोक्तान, नर बहादुर राना, देब बहादुर आले, कर्णध्वज मोक्तान, निराजन तुम्सीङ, साइमाया योन्जन, ज्ञान बहादुर मोक्तान, कमला माया लामा, मिलन सिंचुरी, विकेन्द्र पाख्रिन, विकास वाइबा, सुनिलाल घलान, अनिता अछामी, इच्छा अछामी, निसान मोक्तान, गँगा लामा, अजय मोक्तान, रन्जनी वाइबा, फुन्जो थिङ, दावा थिङ, मिक्मस थिङ, चन्द्रमान मोक्तान, सविन थिङ, सानीमाया मोक्तान, निरमान मोक्तान, लिला बहादुर घिसिङ, रुसु आले र ढलकीमाया आले मगर विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
कार्यक्रममा पुनले काभ्रेको महाभारत गाउँपालिकाको गोकुलेबाट पार्टीमा सानो उमेरमै नेतृत्व लिएको सम्झना गर्दै, महाभारत गाउँपालिकाको विकास निमार्ण लगायत अन्य हरेक कार्यमा सहयोग गर्ने प्रतिबद्धा व्यक्त गर्नु भयो । पुनले वर्तमान कांग्रेस–एमाले गठबन्धनको सरकार भ्रष्टाचार, राज्य दोहन र बेचबिखनमा संलग्न आफ्ना मान्छेहरूको संरक्षण र स्वार्थ समूहको चाहनामा सरकार अघि बढेकाले जनता ती पार्टीहरूको विकल्पको खोजीमा रहेको बताए ।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले १८ महिनामा सुशासन, भ्रष्टाचार अन्त्य तथा राज्य दोहनमा संलग्न शक्तिशाली भनिएका व्यक्ति तथा सामन्ती प्रथाका रूपमा व्याप्त मिटर ब्याजमा संलग्नमाथि अनुसन्धान र कारबाही गरेका कारण जनताले फेरि एकपटक माओवादी केन्द्रलाई विकल्पको रूपमा रोज्ने अवस्था आएको बताए । वर्तमान सरकार गठन भएपछि हरेक साताजसो भ्रष्टाचार, बेथिति र अनियमितताका घटना सार्वजनिक हुन थालेको टिप्पणी पुनको थियो ।