काभ्रेपलाञ्चोक । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले राजनीतिक स्थायीत्वको लागि आफूहरुले एमालेसँग पार्टी एकता गरेको बताएका छन् ।
चौंरीदेउराली गाउँपालिका वडा नं. ३ स्थित बुद्ध हिमालय मा.वि.को ५७ औं वार्षिकोत्सव तथा विद्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ढकालले राजनीतिक स्थायीत्वको लागि आफूहरुले एमालेसँग पार्टी एकता गरेको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता र स्थायीत्व नचाहकोले एकता टुटेको प्रष्ट पारे ।
आगामी निर्वाचनमा स्थायीत्व, समृद्ध र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास चाहने पार्टीलाई भोट हाल्न उनको अनुरोध छ। वडा नं. ३ को विकास निर्माणलाई आफूले विशेष रुपमा हेरिरहेको बताउँदै मन्त्री ढकालले आगामी दिनहरुमा शिक्षामा गुणस्तर र खेलकुद क्षेत्रको विकासको लागि आफू लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रमको उद्घाटन मन्त्री ढकाल र गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले संयुक्त रुपमा गरेका थिए ।