
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पनौती नगर समितिको तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
नयाँ नेतृत्वमा पुनः अध्यक्ष हस्त बहादुर तामाङ सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । यस्तै, उपाध्यक्षमा इन्द्र कुमार श्रेष्ठ,,सन्त बहादुर तामाङ,शर्मिला तिमल्सिना, सचिवमा बुद्द भुलुन, सह-सचिवमा भगवती मैनाली र कोषाध्यक्षमा राजु सापकाेटासहित ३५ सदस्यीय समिति सर्व सम्मतबाट गठन गरिएकाे छ ।


यसैगरी, अधिवेशनबाट सदस्यहरूमा भवानि हुमागाई,सन्चमाया वाईबा,फुलमाया तामाङ,सबिना घिमिरे,पञ्चमाया तामाङ, प्रेरणा श्रेष्ठ, बलराम दमाईं, नकुलदास परियार,बिनोद परियार, अनिल कुमार क्षेत्रि,नकुल खत्रि केसि,शन्तोष सापकोटा,अमर बहादुर तामाङ,नारायण सापकोटा,बुध्द तामाङ,टिका प्रसाद न्यौपाने,सुर्य बहादुर तामाङ,सुदर्सन प्रधानाङ्ग,श्यामकृष्ण मानन्धर,कृष्ण श्रेष्ठ,राजकुमार घिमिरे,आईतसिङ भुलुन,राजकुमार श्रेष्ठ(१), राजकुमार श्रेष्ठ,शम्भु श्रेष्ठ र श्री कृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनकाे उद्घाटनसत्रलाई सम्बाेधन गर्दै पार्टीका उप-महासचिव जनार्दन शर्माले सरकारले अध्यादेश ल्याएर राम्रो काम नगरेकाे बताउनुभयाे ।संसद नबाेलाई अध्यादेश ल्याउनु गलत भएको वहाँकाे भनाई थियाे । उहाँले भन्नुभयाे,” संसद नबाेलाएर अध्यादेश ल्याउनु गलत कुरा हाे,त्यसकाे हामीले विराेध गरेका छाैं । हिजाेमात्रै प्रतीपक्ष दलहरूले विराेध गरेकाे छ, त्यसकाे हामी विराेध गर्छाै खण्डारन गर्छाैं । राम्रो कुरा गर्न पाईन्छ तर,संसदमा ल्याएर गर्न पर्याे नि त , पक्रिया त्याे हाेनि त । ”
यस्तै, उप-महासचिव शर्माले नेपालकाे राजनीतिमा अन्तर्राष्ट्रिय अवस्थाले प्रभाव पार्ने समेत बताउनुभयाे ।