ललितपुर । ललितपुरको महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोले ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’ बाट सम्मानित हुनुभएको छ । द इन्टरनेशनल अवार्ड फोरम यूएसएद्वारा भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा उपाध्यक्ष गोले सम्मानित हुनुभएको हो ।

स्थानीय सरकारको प्रमुख जिम्मेवारीमा रहँदा महिला, बालबालिका र ज्येष्ठ नागरिकका समस्या समाधानका लागि नीति योजना, कार्यक्रम र बजेट निर्माण तथा कृषि, पर्यावरण र धर्म–संस्कृतिको संरक्षणमा पुर्‍याएको योगदानस्वरूप उपाध्यक्ष गोलेलाई सम्मान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

उपाध्यक्ष गोलेले गएको असोज दोस्रो हप्ताको अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावित नागरिकको खोज, उद्धार र राहत वितरणमा गर्नुभएको सक्रिय भूमिकाको कदरस्वरूप सम्मान गरिएको आयोजक संस्थाले उल्लेख गरेको छ ।

असोज दोस्रो हप्ताको वर्षासँगैको बाढी पहिरोमा परेर महाङ्काल गाउँपालिकामा मात्रै १३ जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता र तीन सय घरपरिवार विस्थापित भएका थिए ।

द इन्टरनेशनल अवार्ड फोरम यूएसएले प्रत्येक वर्ष दक्षिण एशियाली क्षेत्रमा समाजसेवाका क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई विभिन्न ६ वटा विधामा सम्मान गर्दै आएको छ । यस वर्ष नेपालबाट उपाध्यक्ष गोलेले महिला नेतृत्व सम्मान पाउनुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय