महाभारत,काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिकामा ३७ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सोमबार सहयोग र सरोकार धुलिखेलको आर्थिक सहयोग तथा त्रीनिटि बिलिभर्स इश्टर्न चर्च गोकुलेको समन्वयनमा महाभारत १ आँपटारका ज्ञानोदय प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

महाभारत गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कान्छामान जिम्बा (रोहित)को प्रमुख आतिथ्य, सहयोग र सरोकारका कृषि प्रमुख रोशन प्रजापतिको विषेश अथिति, फिल्ड कोडिनेटर फा.भीषराज श्रेष्ठ साथै अन्य अतिथिहरुको उपस्थितिमा उक्त न्यानो कपडा विद्यालयका वद्यार्थीलाई वितरण गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष कान्छामान जिम्बाले चिसो मौसममा बालबालिकालाई न्यानो कपडा वितरणले पठन–पाठनमा सहजता पुग्ने विश्वस व्यक्त गरे । यस्तै विद्यालयका प्रधानाध्यापक अनिल कुमार दर्लामीले न्यानो कपडा वितरणमा सहयोगी सहयोग र सरोकार र त्रीनिटि बिलिभर्स इश्टर्न चर्चलाई धन्यवाद व्यक्त गरेका थिए ।

चिसो मौसम रहेकोले विद्यार्थीहरुलाइ न्यानो भई पठन–पाठनमा सहज होस् भन्ने उद्देश्यले ज्ञानोदय प्राथमिक विद्यालयका ३७ छात्रा छात्रलाई सुइटर र ट्रक वितरण गरिएको त्रीनिटि बिलिभर्स इश्टर्न चर्चका एल्डर तथा गोकुले मा.वि. का शिक्षक मोहन दास श्रेष्ठले जनकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय