काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत आज माघ ८ गते उम्मेदवारी दर्ता गरिँदै छ।

सम्मेलनअन्तर्गतको निर्वाचन समितिका संयोजक मुक्ति प्रधानका अनुसार सबै प्रदेशमा अनलाइन मनोनयनको व्यवस्था गरिएको छ।

जसअनुसार बिहान ८ बजे उम्मेदवारी अर्थात् मनोनयन दर्ता सुरु भएको छ भने यो साँझ ६ बजेसम्म जारी रहनेछ।

उम्मेदवारी दर्ता अखिल क्रान्तिकारीको आधिकारिक वेबसाइटमार्फत गर्न सकिने बताइएको छ।

८ गते मनोनयन दर्ताको समय सकिनासाथ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतकालिका छ। माघ ९ गते बिहान ११ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावलीविरुद्ध दाबी विरोधको समय तोकिएको छ भने सोही दिन बिहान ११ बजेपछि दाबी विरोधको छानविन र नामावली प्रकाशन गर्ने तालिका छ।

१० गते बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने सोही दिन दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ । माघ १२ गते विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदानको समय तोकिएको छ।

प्रत्येक प्रदेशमा मतदान केन्द्र तोकिएका छन् ।

अखिल क्रान्तिकारीले उमेरहद लागू गरेको छ।

जसअनुसार ३२ वर्षभित्रका अर्थात् २०४९ माघ ७ गतेपछि जन्मिएका प्रुतिनिधिले मात्रै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दर्ता गर्न पाउनेछन्।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय