
महाभारत, काभ्रे । दाउरा काट्न जाने क्रममा अचानक माथिबाट आएको ढुङ्गाले लागेर घाईते काभ्रेपलाञ्चोकको महाभरत गाउँपालिका वडा नम्बर ६ मगर गाउँ सिउरेनिकी १२ बर्षिय शिला जर्गा मगरको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
मलेसियामा रहेको टाइसन फुड कम्पनीमा कार्यरत राजेश राना मगरको टोलीले संकलन गरेको ५० हजार ६ सय ४०, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) ले ५ हजार ६०, वडा नम्बर ५ का वडा अध्यक्ष विजय राना मगरले २ हजार, वडा नम्बर ४ का वडा अध्यक्ष विशाल मोक्तानले २ हजार र युवा नेता दिपेश लामाले १ हजार ५ सय रुपैया गरि जम्मा ६१ हजार २ सय गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले मंगलबार पीडित परिवारलाई हस्तान्तरण गरेका हुन ।


आजद आधारभुत विद्यायलमा कक्षा ७ मा पढ्दै गरकी शिला जर्गा मगर गत पुस ३ गते घर नजिकैको जंगलमा दाउरा काट्न जाने क्रममा माथीबाट माथीबाट पल्टेर आएको ढुंगाले लागेर बाँया खुट्टा बाचेको र दयाँ पट्टी टाउकामा गम्भीर चोट लागेको थियो । हाल धुलिखेल अस्पतालमा भईरहेको छ ।
शिलाको उपचारको लागि हाल सम्म ७ लाख भन्दा बढी खर्च भइसकेको उनका बुबा तारा बहादुर जर्गाले ग्लोबल खबरलाई बताए । देश विदेशमा रहेको सहयोगी मनहरुबाट २ लाख जति सहयोग आएको भए पनि घरको आर्थिक अवस्था कमजोर रहेकोले थप उपचारको लागि आर्थिक समस्या भएको परिवारजनको भनाई छ ।
शिलाको लागि सहयोग गर्न चहानु हुने सम्पुर्ण राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवी लगायत व्यत्तिगत सहयोग गर्न सक्नु हुने छ ।