काभ्रेपलाञ्चोक । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको २३ औं राष्ट्रिय सम्मेलनको लागि काभ्रेबाट २ जनाले उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष (जनजाति) पदका लागि मुना थापा मगरले र उपमहासचिव (बागमती) पदका लागि निर्मला गौतमले उम्मेदवारी घोषणा गरेकी छिन् ।

भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चिताका निम्ति आन्दोलन र रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि थापा मगर आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

अखिल (क्रान्तिकारी) को २३ औ राष्ट्रिय सम्मेलनका सम्पुर्ण प्रतिनिधि कमरेडहरुमा न्यानो अभिवादन !! माघ १२ गते हुने आसन्न निर्वाचनको निम्ति (जनजाति उपाध्यक्ष ) पदमा मैले उम्मेदवारी दिएको छु ।संगठनका नेताहरु,प्रतिनिधि कमरेडहरु र शुभचिन्तकमा सहयोग को अपेक्षा गर्दछु। मुना थापा मगरले सामाजिक संजलमा लेखेकी छिन ।

प्रगतिशील शिक्षा, समतामूलक समाज, विद्यार्थी आन्दोलनको सशक्त आवाज, समान शिक्षा, समान अवसर, समृद्ध समाज निर्माणको आधार सहित गौतमले आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

तपाइको एक मत मलाइ शैक्षिक आन्दोलनमा सधै अगाडि रहने छु, आत्मनिर्भर र सशक्त संगठनको लागी योग्य र सक्षम नेतृत्व चयन गरौगौतमको भनाइ रहेको छ ।

त्यस्तै काभ्रेकी सुशीला तामाङले उपाध्यक्ष अनुशासन आयोग समावेशीमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

अखिल क्रान्तिकारीको ३३ पदाधिकारीसहित २४३ सदस्यीय कमिटीका लागि चुनाव हुँदैछ । पदाधिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ जना सचिव र एकजना कोषाध्यक्ष रहनेछन् ।सो संगठनको २३ औँ सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय