काठमाडौं । तामाङ कलाकारहरुको छाता संगठन तामाङ कलाकार संघ र तामाङ सोसाइटि अफ एन.एस. डब्लु. सिड्नीले काभ्रेपलाञ्चोकका केही महिना अगाडि अबिरल वर्षातको कारण गएको बाढी पहिरो पीडित र बाढी पहिरोमा परि निधन भएकाहरुको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

बौद्ध स्थित एक होटलमा एक कार्यक्रम आयोजना गरि संघले पीडितहरुलाई रकम हस्तान्तरण गरेका थिए । बरिस्ठ गायक तथा संगीतकार सेलो सम्राट चन्द्र कुमार मोक्तानको प्रमुख आतिथ्यता एवम् बरिस्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ, प्रेम लोप्चन, सन्जिब वाइबा
महाभारत गाउँपालिकाका उप-प्रमुख सागर लामा, गायिका इन्दिरा गोले, जितु लोप्चन नायिका चाँदनी मोक्तान, मिस तामाङ रिया लामा लगायत तामाङ कलाकारहरुको बाक्लो उपस्थितमा रकम हस्तान्तरण गरेका थिए ।

भौतिक तथा मानवीय क्षति हेरेर रोशी गाउँपालिकालाई एक लाख रुपैयाँ, महाभारत गाउँपालिकालाई एक लाख रुपैयाँ, तेमाल गाउँपालिकालाई साठी हजार रुपैयाँ र तेमाल-२ का एकै परिवारका आठ जना सदस्य गुमाएका परिवारलाई पचास हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।

आर्थिक हस्तान्तरण कार्यक्रममा सेलो सम्राट् चन्द्र कुमार मोक्तानले विपत्तिको समय तामाङ कलाकार संघले लिएको पहलकदमीको प्रशंसा गरेका छन् । उनले भने “प्राकृति प्रकोपको अगाडि संसारका दादा राष्ट्रहरु चुकेको छ । हामीलाई पनि यस पटक प्रकृतिले नराम्रोसंग धोका दिएको छ । तर हामी कलाकारहरुले पनि एक भएर विपत्तिको सामना गर्यौ त्यो चहि सकारात्मक पक्ष हो”

कार्यक्रमको सभापति तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तनले दुखद गडीमा तामाङ कलाकार संघको आह्वनलाई साथ दिएको विभिन्न देशका संघसंस्थाहरुलाई धन्यवाद दिएका छन् । उनले भने “चाहे कोही कलाकार विरामी हुदा होस् वा कुनै विपत्तिको समय तामाङ कलाकार संघले गरेको सहयोग अभियानमा विभिन्न वैदेशिक रोजगारीको क्रममा देश बाहिर रहेका नेपालीहरुले सहयोग गर्दै आइरहनुभएको छ । यस प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय