काभ्रे । नेपाल बार एशोसियसन काभ्रेपलञ्चोक जिल्ला अदालत बार इकाईको अध्यक्षमा विष्णु प्रसाद सापकोटा विजय भएका छन् । शनिबार भएको निर्वाचनमा सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष सापकोटासहित पदाधिकारीमा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी कानुन व्यवसायी समूहले सानदार जीत हासिल गरेको छ ।

गठबन्धनबाट अध्यक्षमा विष्णु प्रसाद सापकोटा ४७ मत ल्याएर विजयी भएका छन् भने एमाले सर्मथक हरिशरण दाहालले ४२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गठबन्धनकै जयराम थापा (५७), सचिवमा महेश कुवँर (५३) विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा नारायणध्वज तामाङले ५४ मत र सहसचिवमा रमिता मानन्धर ५९ मत ल्याएर विजयी भएका छन् ।

एक जना सदस्य बाहेक ७ जना सदस्य र ५ जना पार्षद गठबन्धनबाट निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय