
काभ्रे । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको विकास भाषण र उखान टुक्काले नहुने हुँदा भाषण कम, काम बढी गर्नुपर्ने बताएका छन् । काभ्रेको बनेपास्थित् काभ्रे बहुमुखी क्याम्पसको तेस्रो सभालाई सम्बोधन गर्दै नेता सिंहले सो कुरा बताएका हुन् ।
‘भाषण र उखान, टुक्काले देश विकास हुँदैन । यसले विकासको काम अघि बढाउँदैन,’ उनले भने, ‘कसैलाई दोष लगाएर पन्छिने भन्दा पनि समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनतर्फ सबै एक भएर लाग्नु पर्छ ।’


नेता सिंहले सबै क्षेत्रमा राजनीति नगरी उद्योग आदिलाई प्रोत्साहन गर्दैै विकासको कार्यलाई सबै दलले प्राथमिकता दिनु पर्ने बताए । उनले प्रजातान्त्रिक संस्कार विकसित गर्दै विकासमा काँग्रेस–कम्युनिष्ट नभनी सबै मिलेर देश बनाउनु पर्नेमा जोड दिए ।
उनले शैक्षिक संस्थाले शैक्षिक नीति र समयानुकूल पाठ्यक्रम विकासमा योगदान पु¥याउनुपर्ने बताए । उनले भने, ‘नेपालमा उत्पादित दक्ष जनशक्ति स्वदेशमै परिचालन गर्नुपर्छ । जमाना प्रविधिको छ, प्रविधियुक्त जनशक्तिले स्वदेशमै उत्पादनमा जोड दिनुपर्छ ।’
सो अवसरमा नेता सिंहले क्याम्पसमा स्थापना गरिएको विज्ञान प्रयोगशालको उद्घाटन गरेका थिए ।