
काभ्रेपलाञ्चोक । नेकपा (माओवादी केन्द्र) महाभारत गाउँपालिका समितिको दोस्रो गाउँपालिका अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।
बुधबार एक कार्यक्रमका बीच शपथ ग्रहण गरेका हुन् । साथै उनीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा ७ पदाधिकारी तथा ३४ सदस्य गरि ४१ जनालाई सपथ ग्रहण गरेका छन् ।


नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले शुभकामना मन्तव्य दिदै भन्नु भयो, “महाभारत गाउँपलिकाको गाउँ बस्तिहरु देख्दा पुरानो दिनहरुको याद आएको बताउनु हुदै हेटौंडा देखि काभ्रे जोड्न जनमुक्ति मार्ग अन्र्तगत सबै ठाउँमा भइरहेको देख्दा खुसी भएको बताउनु भयो । बागमती प्रदेश सरकारले बनाएको २० वटा सडक लोकमार्ग मध्ये जनमुक्ति मार्ग रामेछाप, दोलाखा, सिन्धुपाल्चोक, काभ्रेबाट प्रदेश राजधानी हेटौंडा जोड्ने सडक हुने भएकोले यो सडक धेरै महत्वपुर्ण रहेको बताउनु भयो । साथै पार्टीको संगठन, विधान, योजना, नीति, समसामायिक विषय लगायत अन्य महत्वपुर्ण विषयमा प्रष्ट पार्नु भएको थियो ।”
पार्टीका बागमती प्रदेश सदस्य तथा महाभारत गाउँपालिका इन्चार्ज सुजन लामा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा लगायत पार्टीको गाउँपालिकाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
माओवादी केन्द्र गाउँपालिका समिति
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाभारत गाउँपालि समितिको अध्यक्षमा मिन बहादुर वाईबा चयन भएका छन् । पौष २७ गते देविटारमा भएको दोस्रो गाउँपालिका अधिवेशनले ४१ सदस्य नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा अमर बहादुर अस्तानी मगर, रमेश कुमार लुङ्गेली र रविन मोक्तान सचिवमा जोग बहादुर घलान, सह सचिवमा विशाल मोक्तान र कोषाध्यक्षमा असली लामा चयन भएका छन् ।
सदस्यहरुमा, अमृत योन्जन, अविन लामा, उदय लामा, ऋजन थिङ, कमला परियार, कान्छामान वाइबा, विकुमान पाख्रिन, कान्छीमाया वि.क., कुमार सिं मोक्तान, झलक बहादुर जर्घा मगर, टंक बहादुर दर्लामी, ठकुमाया आले, दमै सिं योन्जन, देवी कुमारी जर्घा, नरेश मोक्तान, निमेश थिङ, पिप्ला माया सार्की, बुद्धि माया लुङ्गेली, भिम बहादुर गोले, भिम बहादुर थिङ, भोज बहादुर श्रेष्ठ, मन कुमारी वि.क., मिलन आले मगर, विजय राना मगर, शान्ता कुमारी वि.क., सदिन्दप लामा, सम्तेन गोले, सितामाया माझी, सुन्दरी माया तामाङ मोक्तान, सृजना योन्जन, श्रीमान घिसिङ, सुसिल वि.क. ,सुशिला श्रेष्ठ र हस्तीमाया राना मगर रहेका छन् ।
माओवादी केन्द्रमा प्रवेश
महाभारत गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा समाजवादीका ३ नम्बर वडा कमिटि अध्यक्ष हिरा बहादुर सारु मगर, सदस्य विष्णु लामिछाने, राजु राना मगर र वडा नम्बर ६ का नेपाली कांग्रेसका सदस्य कुशल वाइबा रहेका छन् । आज भएको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उनिहरु प्रवेश गरेको हुन् ।
नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले टिका र खादा लगाएर स्वागत गरे ।