
काभ्रेपलाञ्चोक । योङ कम्युनिस्ट लिग(वाइसिएल) र अखिल क्रान्तिकारीले काभ्रेको बनेपामा दीप प्रज्वलन गरेको छ । ३० औं जनयुद्ध दिवसको दिन बिहीबार दीप प्रज्वलन गरिएको हो ।
जनयुद्धको समयमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली दिँदै योङ कम्युनिस्ट लिग(वाइसिएल) र अखिल क्रान्तिकारीले दीप प्रज्वलन गरेको छ । २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।


दीप प्रज्वलन कार्यक्रममा पार्टी बागमती प्रदेश समिति सचिवालय सदस्य पार्टी जिल्ला संयोजक भोला प्रसाद अर्याल, अखिल (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष सन्दिप पुन, वाइसिएल केन्द्रिय सचिव अबिलाश लामा बेथानचोक गाउपालिका अध्यक्ष तारा राना तिमल्सिना लगायत पार्टीका प्रदेश समिति सदस्यहरू, जिल्ला समिति सदस्यहरू, र विभिन्न जनबर्गीय सङ्गठनका केन्द्रिय र जिल्ला नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष बिबश लामाले गरेका थिए भने सम्बोधनमा वाइसिएल केन्द्रिय सचिव अबिलाश लामा र पार्टी जिल्ला संयोजक भोला अर्यालले उपस्थित सबैलाई संबोधन गर्नुभएको थियो। उहाँहरूले महान जनयुद्धको महत्व र यसको योगदानबारे प्रकाश पार्नुका साथै अहिलेको समयमा क्रान्तिकारी आन्दोलनको आवश्यकता र यसको ऐतिहासिक मूल्यबारे चर्चा गर्नुभयो।
कार्यक्रमको आयोजन यंग कम्युनिस्ट लिग, नेपाल जिल्ला समन्वय समिति, काभ्रे र अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिति, काभ्रे द्वारा गरिएको थियो। यसले जनयुद्धको योगदान र संघर्षका महत्वपूर्ण पक्षलाई जनमानसमा पुनः सम्झाउने प्रयास गरेको छ।