काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार टुंगो लगाएको छ ।

अखिल क्रान्तिकारीले संगम कुमार लामा तामाङलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव शिशिर बस्यालले जानकारी दिए ।

बस्यालका अनुसार रामेछापको सुनापति गाउँपालिका घर भएका लामा क्याम्पस कमिटीका बाहालवाला अध्यक्ष पनि हुन् । उनी स्नातकोत्तर तहमा अध्यनरत छन् ।

त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउँदै छ । त्यसका लागि त्रिविले १३ बुँदे निर्देशन जारी गरिसकेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय