काठमाडौं । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजदेखि काठमाडौमा सुरु भएको छ ।

‘तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, जुझारू नेतृत्व चयनका लागि नवौं महाधिवेशन’ भन्ने नारासहित आइतबार काठमाडौको  धुम्बाराहिमा सुरु भएको महाधिवेशनको बन्दसत्र सोमबारदेखि सुरु भएको हो ।

आइतबार बेलुकादेखि नै बन्दसत्र सुरु गर्ने भनिए पनि आजबाट एस.अर ब्यानक्युईटमा विहानबाट सुरु हुने अध्यक्ष मोहन गोलेले जानकारी दिएको छ ।

उनका अनुसार ३ दिन सम्मा हुने महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् । अध्यक्षको आंकाक्षी धेरै रहेको हुँदा घेदुङको नयाँ को आउलान बन्ने निश्चित भइसकेको छैन ।

सकेसम्म सर्वसहमत र सहमति जुट्न नसके निर्वाचन हुने तामाङ घेदुङले जनाइएको छ । त्यस्तै बन्दसत्रले नेतृत्व चयन गर्नेछ । आज सहमति जुट्न नसके भोलि बस्नेछन ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष गोले, वरिष्ठ उपाध्यक्ष बेलीमाया लामा, उपाध्यक्ष कुमारसिंह घिसिङ, अमीर मोक्तान, रामकृष्ण ब्लोन र काजीमान थिङको दाबी रहेको छ ।

महाधिवेशनमा स्थानीय तह, प्रदेश, जिल्ला समन्वय समिति र प्रवास समितिका गरी करिब ८ सय  जना प्रतिनिधि सहभागी बताएको छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय