महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाले लदी पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ । माझी समुदायको मुख्य पर्व लदीका अवसरमा सो गाउँपालिकाले स्थानीय बिदाको घोषणा गरेका हुन् ।

पालिकाले सार्वजनिक सूचना जारी गर्दै यही फागुन २० गते मङ्गलवार स्थानीय बिदा दिने घोषणा गरेका हुन् । माझी समुदायको पर्व लदी (कोशी पूजा) को अवसरमा गाउँपालिकाले स्थानीय बिदा दिएको हो ।

महाभारत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक बिदा दिने जानकारी दिइएको हो । महाभारत गाउँपालिका, गाउँ कार्यपालिकाको यही फागुन १३ गतेको निर्णयानुसार माझी समुदायको प्रमुख पर्व कोशी पूजा ( लदी पर्व) को अवसरमा फागुन २० गतेका दिन गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गतका निकायहरु, शिक्षण संस्थाहरु तथा स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक सेवाबाहेक स्थानीय विदा दिईएको उल्लेख गरिएको छ ।

यही फागुन २० गते मनाइने माझी समुदायका नागरिकको मौलिक पर्व लदी (कोशी पर्व)मा गाउँपालिका स्थानीय बिदा दिने निर्णय गरेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय