काभ्रेपलान्चोक । नेकपा माओवादी (केन्द्र) महाभारत गाउँपालिकको प्रभावशाली नेता तथा कार्यकताहरु पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आईतबार काभ्रेको धुलिखेल नगरपालिका भवनमा भएको नेपाल उत्पीडित जातीय मुक्ति समाजको तेस्रो जिल्ला अधिवेशनमा नेकपा माओवादी केन्द्रका नेता दिलिप आले मगर र पुर्ण बहादुर वाइबा सहित केही कार्यकताहरु एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्ने मगरसहितका अगुवा कार्यकर्तालाई नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले माओवादी केन्द्रको बागमति प्रदेश सल्लाहकार सदस्य दिलिप आले मगर र जिल्ला कमिटी सदस्य हरु पुर्ण बहादुर वाइवा र गणेश स्याङ्तान सहितका नेता कार्यकर्तालाई एमालेमा स्वागत तथा सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै बास्कोटाले देशभर एमाले पार्टी प्रवेश गर्नेहरूको जनलहर देखेर कांग्रेस र माओवादी अत्तालिएको बताए । उनले अब जनता झुक्याएर र सत्ताको दुरुपयोग गरेर चुनाव जित्ने अवस्था नरहेकाले माओवादी, काङ्ग्रेस र समाजबादी लगायतका पार्टीबाट नेता कार्यकर्ता एमालेमा पार्टी प्रवेश गरेको बताए ।उनले सबै प्रवेश गर्नेलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धता समेत जनाए ।

उक्त कार्यक्रममा बोल्दै दिलिप आले मगरले माओवादी केन्द्रले महाभारत गाउँपालिकामा सरकार चलाउदा पार्टीको दुरुपयोग गरेर,आफ्न स्वार्थ र नजिकको मान्छेलाई मात्रै अगाडि बढाउने काम गरेकोले पार्टी परित्याग गरेको बताए । निषेधको राजनीति गर्नुको साथै पहिला जनयुद्ध देखि हाल सम्म दुख र काम गर्ने साथिहरुलाई चही पाखा लगाएर अवसरबादिहरुलाई अगाडि बढाउने काम भएपछि एमालेमा प्रवेश गरेको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी एमाले निकट गौरवशाली संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको काभ्रे जिल्लाको तेस्रो अधिवेशनबाट तेज नेपाली सर्वसम्मत जिल्ला अध्यक्षमा निर्वाचित भएको नेकपा एमाले महाभारत गाउँपालिका अध्यक्ष जगत तामाङले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय